• ON AIRनेपाल खबर (उज्यालो)
  • कार्यक्रम सिने सन्सार (प्रशान्त हायू)

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार
रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हरी दाहाल ‘ललित’ले एकीकृत अखिल नेपाल शिक्षक संगठन नेकपा माओबादी केन्द्रको बैचारीक धरातलको आधार भएकोले वर्गसंघर्ष देखि जनयुद्ध हुँदै जनआन्दोलनबाट भएको अहिलेको परिवर्तको सन्दर्भमा सबैमा जनचेतना जगाउन विशेष भूमिका खेल्न जरुरी रहेको बताए ।  पार्टीले सञ्चालन गरेको तिन महिने अभियानमा भएका उपलब्धीको रक्षाकोलागी शिक्षकले विशेष भूमिका खेल्नुपर्ने दाहालको भनाई छ । 
त्यसैगरी कार्यक्रमका विशेष अतिथी नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय प्mयाक्सन सह–ईन्चार्ज तथा संगठनका केन्द्रिय पूर्ब अध्यक्ष भोला सापकोटाले शिक्षकहरुको माग सम्बोधनका गर्न शिक्षा विधेयक देखि शिक्षा ऐन तयारीकोलागी संगठनले महत्वपूर्ण भूमिका निर्बाह गरिरहेको वताए । 
सापकोटाले सबै शिक्षकको अहिलेको सारोकारको विषय शिक्षा ऐन रहेकोले आन्दोलनमा सरकार र शिक्षक महासंघबीच भएका सहमति अनुरुप कार्यान्वनको चरण अगाडी बढेको र एक महिनाभीत्र सार्थकता पाउने बताए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी संगठनका केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज सोम प्रसाद भट्टराईले संगठन बैचारीक धरातलमा अडिग रहेर अगाडी बढ्न अहिलेको आवश्यकता रहेको बताए । भट्टराईले अस्थायी, राहत शिक्षक, साविक उमावि शिक्षक, विद्यालय कर्मचारी, बाल विकास शिक्षक लगायत उत्पिडित शिक्षकहरुमा देखिएका जल्दाबल्दा समस्या समाधानकोलागी एकीकृत अखिल नेपाल शिक्षक संगठन लागिपरिरहेकोले अब बन्ने शिक्षा ऐनले सबै समस्याको छिनोफानो गर्ने बताए । 
     नगर अधिबेशनले रामदाश वाईवाको अध्यक्षतामा १७ सदस्यीय नगर कार्य समिति चयन गरेको छ । उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थसचिवमा क्रमशः भीम वहादुर ल्हाय, सुजिता सुनुवार, शिवकुमार श्रेष्ठ, विदुर कुमार खड्का निर्बाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सर्मिला श्रेष्ठ, खिलक कार्की, इश्वरी खड्का, श्याम सुनुवार, प्रमुराम थापा, पूर्ण वहादुर तामाङ, ख्यान वहादुर तामाङ, शैलाजा मगर, प्रमिला मगर, मिना श्रेष्ठ, विमला श्रेष्ठ र गोपी तामाङ निर्बाचित भएका छन् । 
    नगर अबिधेशनले ऋषी कुमार खड्काको संयोजकत्वमा १ सदस्य पछि थप गर्ने गरी ४ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा सदस्यहरुमा खड्ग वहादुर कार्की, अम्बर खड्का र यज्ञ वहादुर तामाङ निर्बाचित भएका छन् । 
    
     

 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ