• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

२० पुष २०८०, शुक्रवार
रामेछाप– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
 राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा बिहीवार बसेको बैठकले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका क्रममा होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो निर्णय गरेको सदस्य–सचिव घिसिङले बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि विगतमा राज्यको ठूलो धनराशी खर्च हुने गरेको थियो । खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्ने भएको हुँदा हामीले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौँ’, सदस्य–सचिव घिसिङले भन्नुभयो, ‘उदाहरणका लागि १९ औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि सात महिनामा १२ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । 
१३ औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा ४३ करोड रुपैयाँ खर्च भएको थियो । यो राज्यलाई ठूलै भार हो । यसलाई कम गर्न सकिन्छ । त्यसैले अहिलेको मन्त्री निवासलाई खेलाडी आवासका रूपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुने बताउनु भयो  । 
सदस्य–सचिव घिसिङले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्नसके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका बेला एउटै होटलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सबै खेलाडी तथा प्रशिक्षकलाई समानस्तरको बसोबास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्नसके नतिजा पनि राम्रो आउने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

टी–२० क्रिकेट शृङ्खलामा नेपालको लगातार दोस्रो हार

१९ वैशाख २०८१, बुधवार रामेछाप– टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ’ए’ टोलीसँग ७६ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरको

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल