बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ
४ भदौ २०८३, बिहिवार
रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारमा ६ मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सत्तारुढ गठबन्धन दल एमाले, नेकपा र राप्रपाबाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेका हुन् । प्रदेशका ८ मन्त्रालयमध्ये थापाले राप्रपाका ३ र नेकपाका १ मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश सरकारमा एमालेबाट भरत बहादुर केसी र ज्ञान बहादुर तामाङ मन्त्री बनेका छन् भने नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिरबहादुुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएका भारत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ज्ञान बहादुर तामाङ भने विना विभागीय रहेका छन् । प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले आफू मातहत नै राखेका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त
४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य
कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...
हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर

प्रतिकृया दिनुहोस