• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

लामाटोल पोखरीमा त्रिकाल बुद्ध गुरु रिन्पोछेको मूर्ति अनावरण

९ मंसिर २०८३, बुधवार
रामेछाप– सुनापति गाउँपालिका–३ स्थित लामाटोल पोखरीमा निर्माण सम्पन्न भएको त्रिकाल बुद्ध गुरु रिन्पोछेको मूर्तिको समुद्घाटन तथा राप्ने (प्राणप्रतिष्ठा) कार्यक्रम धार्मिक विधि र परम्पराअनुसार सम्पन्न भएको छ । २०८३ साल मंसिर ८ गते मंगलबार आयोजित विशेष समारोहमा सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले नवनिर्मित मूर्तिको अनावरण गर्नुभएको हो । बौद्ध धर्म, संस्कृति तथा आध्यात्मिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त मूर्तिको समुद्घाटनसँगै लामाटोल पोखरी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व थप उजागर भएको छ ।
समारोहमा गाउँपालिका उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा नं. ३ का अध्यक्ष कुलबहादुर थिङ, वडा नं. २ का अध्यक्ष पदमबहादुर थापालगायत जनप्रतिनिधि, बौद्ध धर्मावलम्बी, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिका उपाध्यक्ष गीता विष्ट र वडा नं. ३ का अध्यक्ष कुलबहादुर थिङको कार्यकालमा निर्माण सम्पन्न भएको उक्त धार्मिक संरचना स्थानीय धार्मिक आस्था, मौलिक संस्कृति र परम्परागत सम्पदाको संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । मूर्तिको निर्माण तथा समुद्घाटनले यस क्षेत्रको धार्मिक पहिचान स्थापित गर्न र भावी पुस्तामा बौद्ध दर्शन तथा सांस्कृतिक मूल्यको हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको लामाटोल पोखरी क्षेत्रमा त्रिकाल बुद्ध गुरु रिन्पोछेको मूर्ति स्थापना हुनु स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनका लागि समेत महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
धार्मिक सम्पदाको संरक्षणसँगै प्राकृतिक तथा सांस्कृतिक विशेषतालाई पर्यटनसँग जोड्न सके यस क्षेत्रलाई थप आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । यसले भविष्यमा स्थानीयस्तरमा धार्मिक पर्यटकको आवागमन बढाउन तथा क्षेत्रको पहिचान विस्तार गर्न टेवा पु¥याउने विश्वास गरिएको छ । समुद्घाटन तथा राप्ने कार्यक्रम धार्मिक गुरु तथा धर्मावलम्बीहरूको सहभागितामा परम्परागत बौद्ध धार्मिक विधिअनुसार सम्पन्न भएको थियो। मूर्ति निर्माणसँगै लामाटोल पोखरी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व अभिवृद्धि हुने अपेक्षा स्थानीयस्तरमा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

प्रेस स्वतन्त्रताको पक्षमा रामेछापका पत्रकारको धर्ना

९ मंसिर २०८३, बुधवार रामेछाप– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेप, पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने

रामेछापका श्याम थापा र दोलखाका सुन्दर कार्की उत्कृष्ट करदाता सम्मानित

७ मंसिर २०८३, सोमवार रामेछाप– रामेछाप जिल्लामा कार्यक्षेत्र विस्तार गरी व्यवसाय सञ्चालन गर्दै आएका मन्थलीस्थित जिएस मार्केटिङ प्रालिका सञ्चालक

सम्पदा र पर्यटनको सम्भावना उजागर गर्दै रामेछाप सम्पदा पदयात्रा सम्पन्न

७ मंसिर २०८३, सोमवार रामेछाप– रामेछापका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई एउटै पर्यटन मार्गमा जोड्दै तिनको पहिचान, संरक्षण र

↑