नेपाली कांग्रेस देउवा समूह रामेछापको जिल्ला अधिवेशन मंसिर १४ गते हुने
३ मंसिर २०८३, बिहिवार
रामेछाप– नेपाली कांग्रेसको देउवा समूहले रामेछापमा पार्टीको १५औँ नियमित जिल्ला अधिवेशन आगामी मंसिर १४ गते सोमबार सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको छ । जिल्लाका ६४ वटै वडाको अधिवेशन सम्पन्न भएपछि बुधबार मन्थलीस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले जिल्ला अधिवेशनको मिति र स्थान तय गरेको हो। नेपाली कांग्रेस रामेछापका संयोजक जीतबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा संयोजक मगरले अधिवेशनको तयारीलाई तीव्रता दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न पाँचवटा समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । गठित समितिअन्तर्गत प्रचारप्रसार समितिको संयोजकमा रामकृष्ण खड्का, आर्थिक व्यवस्थापन समितिको संयोजकमा रमेश खड्का, मञ्च तथा भोजन व्यवस्थापन समितिको संयोजकमा झनकबहादुर श्रेष्ठ, स्वयंसेवक परिचालन समितिको संयोजकमा ऋषिवी थापामगर तथा आवास व्यवस्थापन समितिको संयोजकमा दिनेशकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, जिल्ला अधिवेशनको तयारी र संगठनात्मक गतिविधिलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन जिल्लाका आठवटै स्थानीय तहमा समन्वय समिति गठन गरी संयोजक तोकिएको छ । जसअनुसार उमाकुण्ड गाउँपालिकामा जीतबहादुर कटुवाल, गोकुलगंगा गाउँपालिकामा चन्द्रबहादुर सुनुवार र लिखु तामाकोशी गाउँपालिकामा सञ्जय तामाङलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै रामेछाप नगरपालिकामा ऋषिवी थापामगर, मन्थली नगरपालिकामा अबिराम खड्का, दोरम्बा शैलुङ गाउँपालिकामा कृष्ण घिसिङ, सुनापति गाउँपालिकामा सुरेन्द्रकुमार घिसिङ र खाँडादेवी गाउँपालिकामा सुजन ढुंगेललाई संयोजक तोकिएको छ ।
स्थानीय तहमा रहेका नेता तथा कार्यकर्तासँग समन्वय, सहकार्य र अधिवेशनसम्बन्धी आवश्यक तयारीलाई सहजीकरण गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको जनाइएको छ । जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई विशेष बनाउन नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा अथवा केन्द्रीय नेता प्रकाशशरण महतमध्ये एक जनालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भइरहेको पार्टी नेता कृष्ण महतले जानकारी दिनुभयो । ६४ वटै वडा अधिवेशन सम्पन्न भएसँगै जिल्ला अधिवेशनको तयारी अघि बढाएको देउवा समूहले स्थानीय तहमा संगठनात्मक समन्वय र व्यवस्थापकीय कामलाई समेत प्राथमिकतामा राखेको देखिएको छ । मंसिर १४ गते हुने अधिवेशनले जिल्लामा पार्टीको आगामी संगठनात्मक नेतृत्व र राजनीतिक गतिविधिलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।
रामेछापका सात स्थानीय तहमा एकैदिन नेकपाको राष्ट्रिय जागरण अभियान शुभारम्भ
२ मंसिर २०८३, वुधवार रामेछाप– नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला समितिले जिल्लाका सातवटा स्थानीय तहमा एकैदिन राष्ट्रिय जागरण अभियानको
अवैध रूपमा ढुङ्गा लोड गरिरहेको ट्याक्टर नियन्त्रणमा, १५ हजार जरिवाना
१ मंसिर २०८३, मंगलवार रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको एक ट्याक्टरलाई नियन्त्रणमा लिई
पर्यटन प्रवद्र्धनमा सुनापतिको छलाङ, मङ्सिर २५ देखि तीनदिने महोत्सव हुँदै
१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन, कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले

प्रतिकृया दिनुहोस