• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

अवैध रूपमा ढुङ्गा लोड गरिरहेको ट्याक्टर नियन्त्रणमा, १५ हजार जरिवाना

१ मंसिर २०८३, मंगलवार
रामेछाप–  जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको एक ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । तामाकोशी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारवाही अगाडि बढाएको हो ।  जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी गस्ती टोलीले मिति २०८३ साल मङ्सिर १ गते अन्दाजी २ बजेको समयमा मन्थली नगरपालिका वडा नं. १ स्थित तामाकोशी किनारमा छापा मारेको थियो । सोही क्रममा अवैध रूपमा ढुङ्गा लोड गरिरहेको अवस्थामा सवारी साधन र चालकलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।  
प्रहरीका अनुसार जिल्ला रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ८, डडुवा निवासी वर्ष ४८ को चन्द्रबहादुर खत्रीले चलाइरहेको ना ५ त ६०३२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका चालक र सवारी साधनलाई आवश्यक कारवाहीका लागि मन्थली नगर कार्यपालिकाको कार्यालय, रामेछापमा पठाइएकोमा कार्यालयबाट रु. १५,००० (पन्ध्र हजार रुपैयाँ मात्र) जरिवाना गरिएको छ ।  
नदीजन्य पदार्थको अवैज्ञानिक र गैरकानूनी उत्खननले वातावरणीय सन्तुलन बिग्रनुका साथै प्राकृतिक स्रोतसाधनको दोहन तीव्र हुने भएकाले यस प्रकारका गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रामेछापले निगरानी कडा पार्दै आएको छ । आगामी दिनमा पनि अवैध उत्खनन तथा चोरी–सिकारीप्रति प्रहरी थप आक्रामक रूपमा प्रस्तुत हुने र यस किसिमका गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने सुरक्षा निकायले स्पष्ट पारेको छ ।  
 

प्रतिकृया दिनुहोस

पर्यटन प्रवद्र्धनमा सुनापतिको छलाङ, मङ्सिर २५ देखि तीनदिने महोत्सव हुँदै

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन, कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले

रामेछाप अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा प्रभावकारी, दुई दिनमै पाँच बिरामीको सफल शल्यक्रिया

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछाप अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा निरन्तर सञ्चालन भइरहेको छ । अस्पतालले पछिल्लो पटक दुई दिनको

रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गर्ने दुई ट्याक्टर कारबाहीमा

३० कार्तिक २०८३, सोमवार  रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकास्थित सित्खा खोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेका दुईवटा

↑