• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

रामेछाप अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा प्रभावकारी, दुई दिनमै पाँच बिरामीको सफल शल्यक्रिया

१ मंसिर २०८३, मंगलवार
रामेछाप– रामेछाप अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा निरन्तर सञ्चालन भइरहेको छ । अस्पतालले पछिल्लो पटक दुई दिनको अवधिमा हड्डी भाँचिएर उपचारका लागि आएका पाँच जना बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । अस्पतालका अनुसार २०८३ कार्तिक २७ र २८ गते हड्डी भाँचिएर उपचारका लागि आएका पाँच जना बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो । अस्पतालले हाडजोर्नीसम्बन्धी जटिल समस्याको उपचार जिल्लामै उपलब्ध गराउने उद्देश्यसहित विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिँदै आएको छ ।
विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई हाडजोर्नीसम्बन्धी उपचारका लागि राजधानी काठमाडौं वा अन्य जिल्लाका ठूला अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अस्पतालले शल्यक्रिया सेवालाई प्राथमिकतामा राखेको जनाएको छ । जिल्लामै विशेषज्ञ चिकित्सकीय सेवा र शल्यक्रियाको सुविधा उपलब्ध हुँदा स्थानीय नागरिकलाई समय, खर्च तथा आवतजावतको झन्झट कम हुनुका साथै उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ। यसले आर्थिक तथा भौगोलिक कठिनाइका कारण समयमै उपचार पाउन नसक्ने बिरामीलाई समेत राहत पुग्ने विश्वास गरिएको छ ।
अस्पतालले हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवासहित गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको जनाएको छ । बिरामीको विश्वास र सेवाग्राहीको आवश्यकतालाई प्राथमिकतामा राख्दै जिल्लाभित्रै विशेषज्ञ उपचार सेवा थप प्रभावकारी बनाउने अस्पतालको लक्ष्य रहेको छ । दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै जिल्लामा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासस्वरूप हाडजोर्नी शल्यक्रिया सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका लागि विश्वास गरी सेवा लिने सम्पूर्ण बिरामी तथा सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस

अवैध रूपमा ढुङ्गा लोड गरिरहेको ट्याक्टर नियन्त्रणमा, १५ हजार जरिवाना

१ मंसिर २०८३, मंगलवार रामेछाप–  जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको एक ट्याक्टरलाई नियन्त्रणमा लिई

पर्यटन प्रवद्र्धनमा सुनापतिको छलाङ, मङ्सिर २५ देखि तीनदिने महोत्सव हुँदै

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन, कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले

रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गर्ने दुई ट्याक्टर कारबाहीमा

३० कार्तिक २०८३, सोमवार  रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकास्थित सित्खा खोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेका दुईवटा

↑