• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

सिन्धुलीमा श्रीमान्को ढुङ्गाको लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ

१ मंसिर २०८३, मंगलवार
रामेछाप– सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानको ढुङ्गाको लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । सामान्य घरायसी विवादले उग्र रूप लिँदा श्रीमान्ले श्रीमतीमाथि ढुङ्गाको लोहोरो प्रहार गरेको र त्यसबाट उनको ज्यान गएको प्रारम्भिक प्रहरी विवरणले जनाएको छ । प्रहरीका अनुसार मङ्सिर १ गते राति करिब १ बजेको समयमा ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए । गम्भीर चोट लागेपछि सानुकुमारीको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे राति १ बजेर १५ मिनेटमा प्रहरीलाई सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अवस्था बुझ्नुका साथै घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक विवरणअनुसार सामान्य विवादका क्रममा घटना भएको देखिए पनि विवादको वास्तविक कारण, घटनाको परिस्थितिलगायतका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाले घरायसी विवादले गम्भीर आपराधिक रूप लिन सक्ने अवस्थालाई पुनः उजागर गरेको छ । सामान्य भनाभन वा विवादलाई संयमित रूपमा समाधान गर्न नसक्दा त्यसले परिवार र समाजमै अपूरणीय क्षति पु¥याउन सक्ने देखिएको छ । हाल प्रहरीले घटनासम्बन्धी थप प्रमाण तथा विवरण सङ्कलन गरी अनुसन्धान अघि बढाइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनोज कार्कीमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...

हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

८ चैत २०८२, आइतवार रामेछाप— पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, सात जना अझै बेपत्ता

२१ असोज २०८२, मंगलवार रामेछाप–  शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी देशभर ५२ जनाको ज्यान गएको छ भने सात

↑