• ON AIR
  • स्टेशन सुभारम्भ

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, सात जना अझै बेपत्ता

२१ असोज २०८२, मंगलवार
रामेछाप–  शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी देशभर ५२ जनाको ज्यान गएको छ भने सात जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको हो । सो प्रदेशमा मात्रै ४९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये इलाममा ३७, पाँचथरमा आठ, उदयपुरमा दुई र खोटाङमा दुई जनाको मृत्यु भएको छ ।
यस्तै, रौतहटमा तीन र काभ्रेपलाञ्चोकमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरो र त्यसपछिका घटनामा परी रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना गरी सात जना बेपत्ता छन् । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

८ चैत २०८२, आइतवार रामेछाप— पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३६८ घाइते

२६ भदौ २०८२, बिहिवार रामेछाप– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

सिन्धुलीमा छोराले आमाको हत्या

१५ भदौ २०८२, आइतवार रामेछाप– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ४०