• ON AIR
  • स्टेशन सुभारम्भ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३६८ घाइते

२६ भदौ २०८२, बिहिवार
रामेछाप– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये हालसम्म ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्रममा घाइते हुनेको संख्या १ हजार ३६८ पुगेको छ । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत रहेका छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
अस्पतालगत विवरणअनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, बयोधा अस्पतालमा २ तथा त्रिवि शिक्षण, इलाम र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोड्ने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागी घाइते भएकामध्ये कतिपयको बाटैमा र कतिको उपचारका क्रममा मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

८ चैत २०८२, आइतवार रामेछाप— पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, सात जना अझै बेपत्ता

२१ असोज २०८२, मंगलवार रामेछाप–  शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी देशभर ५२ जनाको ज्यान गएको छ भने सात

सिन्धुलीमा छोराले आमाको हत्या

१५ भदौ २०८२, आइतवार रामेछाप– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ४०