• ON AIR
  • स्टेशन सुभारम्भ

प्रेस चौतारी रामेछापको शुभकामना आदानप्रदान : एकता, सद्भाव र प्रेस स्वतन्त्रतामा जोड

२७ असोज २०८३, मंगलवार
रामेछाप- प्रेस चौतारी नेपाल रामेछापले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले रामेछापका आठवटै स्थानीय तहसहित देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो । उहाँले चाडपर्वले टाढिएका परिवारका सदस्यलाई भेटघाट गराउने, आपसी सम्बन्ध प्रगाढ बनाउने र परम्परा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने बताउनुभयो । सकारात्मक सोच, क्षमता विकास र समाजमा सदाचार कायम गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरीयाले रामेछापका पत्रकारबीच कायम रहेको हार्दिक सम्बन्ध र सहकार्यलाई प्रशंसा गर्दै पत्रकारिताको विकासका लागि एकता, प्रविधिमैत्री अभ्यास र खोज पत्रकारितामा जोड दिनुभयो ।
उहाँले पत्रकारहरूले समाचार सम्प्रेषणमार्फत जनतालाई सुसूचित गर्ने, सामाजिक सचेतना जगाउने, सम्बन्धित निकायलाई जवाफदेही बनाउने र गलत कार्यविरुद्ध प्रश्न उठाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । रामेछापको पत्रकारिता हिजोको तुलनामा सशक्त बन्दै गएको उल्लेख गर्दै उहाँले खोज पत्रकारिता, प्राविधिक क्षमता र समाचारलाई निष्कर्षसम्म पुर्‍याउने प्रक्रियामा देखिएका चुनौती समाधान गर्न सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कडेरीयाले लोकतन्त्र, संविधानको सर्वोच्चता र कानुनी राज्यको पक्षमा पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । शासकीय प्रवृत्तिबाट प्रेस स्वतन्त्रता सीमित पार्ने प्रयास हुन सक्ने भन्दै उहाँले त्यस्ता प्रवृत्तिविरुद्ध आवाज उठाउन पत्रकारहरू अग्रपङ्क्तिमा रहनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले पत्रकारिताले समाजलाई सही दिशा दिन र समाज रूपान्तरणमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । चाडपर्वका नाममा देखिने विकृति अन्त्य गर्न जनचेतनामूलक सन्देश प्रवाह गर्नु पत्रकारसहित सबैको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो । पत्रकारहरूको क्षमता विकास र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यस्ता अवसरले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रेस संगठनका प्रतिनिधिहरु, पत्रकारहरूले चाडपर्वलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

सुनापतिमा पर्यटन प्रवद्र्धनको तयारी तीव्र, मंसिर २५ देखि तीनदिने महोत्सव

२८ असोज २०८३, वुधवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण, शिक्षा र

रामेछाप कप–२०८३ सुरु, खेलकुद मार्फत जिल्लाको पहिचान राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य

२५ असोज २०८३, आइतवार रामेछाप– दीपशिखा ब्वाइज युनाइटेड क्लबको आयोजनामा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

२५ असोज २०८३, आइतवार रामेछाप— नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँ आजदेखि विधिवत् सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन

↑