• ON AIRतिफदी समाचार
  • साझा खवर (CIN)

तीन दिनको निरन्तर प्रयासपछि सुनापतिको तल्लो सडक पुनः सञ्चालनमा आउँदै

१९ कार्तिक २०८३, बिहिवार
रामेछाप– लगातारको भारी वर्षा, पहिरो र भौगोलिक विकटताका कारण अवरुद्ध बनेको रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित तल्लो सडक पुनः सञ्चालनमा आउने भएको छ । तीन दिनसम्म निरन्तर गरिएको प्रयासपछि लोप्राङको भीरमा रहेको अवरोध हटाउने काम अन्तिम चरणमा पुगेकाले आजदेखि सडक सञ्चालनमा ल्याइने वडा कार्यालयले जनाएको छ । सुनापति गाउँपालिका–३ को तल्लो बाटोअन्तर्गत लोप्राङ, साउने, देउसी चौतारा, साडी डाँडा हुँदै रजमानटार जोड्ने सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विशेषगरी भौगोलिक बनावट कमजोर रहेको लोप्राङको भीरमा पहिरो खस्नुका साथै सडक खुलाउन ब्रेकर लगाउनुपर्ने अवस्था सिर्जना भएपछि यातायात सञ्चालन प्रभावित भएको थियो ।
सडक पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा बजेटको व्यवस्थापन गर्दै तीन दिनदेखि निरन्तर काम गरिएको थियो । कठिन भौगोलिक अवस्था, पहिरोको जोखिम र प्रतिकूल मौसमका बाबजुद सडक खुलाउने प्रयासलाई निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक सञ्चालनको अभियानमा सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा जनप्रतिनिधि, प्राविधिक टोली तथा स्थानीय युवाहरू सक्रिय रूपमा खटिएका थिए । गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाएपछि सडक खुलाउने कार्यलाई थप सहज बनाइएको जनाइएको छ । स्थानीय जनप्रतिनिधि, प्राविधिक र युवाहरूको संयुक्त पहलबाट अवरुद्ध सडक पुनः सञ्चालनमा आउन लागेपछि त्यस क्षेत्रका बासिन्दाले राहत पाउने अपेक्षा गरिएको छ । सडक सञ्चालनमा आएपछि लोप्राङ, साउने, देउसी चौतारा, साडी डाँडा र रजमानटार क्षेत्रका स्थानीयलाई आवतजावत तथा दैनिक कामकाजमा सहजता हुने विश्वास गरिएको छ । भौगोलिक कठिनाइ र प्राकृतिक विपत्तिका कारण ग्रामीण सडक अवरुद्ध भइरहने अवस्थामा स्थानीय तह, जनप्रतिनिधि र समुदायबीचको समन्वयले पूर्वाधार सञ्चालनलाई निरन्तरता दिन सकिने यस प्रयासले देखाएको छ ।

 

प्रतिकृया दिनुहोस

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

रामेछापमा दुई महिने जागरण अभियानलाई व्यापक बनाउने नेकपाको तयारी, केन्द्रीय सदस्यहरूबीच छलफल

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रामेछापले पार्टीको संगठनात्मक अवस्था सुदृढ गर्दै जनतासँगको सम्बन्ध थप मजबुत

↑