नेविसंघको आह्वानमा काभ्रेका सबै विद्यालय बन्द
कात्तिक २५,काभ्रे– नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा जिल्लाको तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघ काभ्रेले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको प्रधानमन्त्री ओलीको तस्विर आफ्नो फेसबुक वालमा शेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो ।
त्यस्तै, कृष्णले शेयर गरेको फोटो पुनः शेयर गरेको भन्दै पलपल अनलाइनका सञ्चालक कविराज ढकाललाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध साइबर क्राइम अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए
२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका
नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित
१५ पुष २०८०, आइतवार रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ
एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न
२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ । कार्यक्रमका
प्रतिकृया दिनुहोस