• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

मंसिर ४,एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्मनीलाई २–२ गोलको बराबरीमा रोकेको हो। जर्मनीले १९ मिनेटभित्र २ गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवातमै दबावमा राखेको थियो। जर्मनीका लागि टिमो वेर्नरले नवौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। १९ मिनेटमा लिरोए सानेले जर्मनीका लागि दोस्रो गोल गरे। 

खेलको ८५ मिनेटमा नेदरल्यान्ड्सका क्विन्सी प्रोमेसले गोल गर्दा खेल २–१ को स्थितिमा आएको थियो। खेलको अन्तिम मिनेटमा डच डिफेन्डर भर्जिल भान डेकले बराबरी गोल फर्काउन सफल भए। उनले भलि सर्टमार्फत आकर्षक गोल गरेका थिए।  जितसँगै नेदरल्यान्ड्स समूह ए–१ बाट सेमिफाइनलमा पुगेको छ। उसले ७ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको फ्रान्सको पनि ७ अंक नै छ भने जर्मनीले २ अंक मात्र जोड्न सक्यो।  

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल