• ON AIRविज्ञापन
  • मानवताको लागी हातेमालो

उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सवको तयारी

 मंसिर ४, रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिकामा यही मंसिर १६ गतेदेखि २१ गतेसम्म “उमाकुण्ड कृषि महोत्सव २०७५” हुने भएको छ । राजेश पशुपालन विकास फार्म भुजी र अन्जना कृषि फार्म काडमाडौंको अगुवाई र गाउँपालिका, तथा स्थानीय संघसंस्थाहरुको सहकार्यमा कृषि महोत्सव आयोजना गर्न लागिएको हो । उमाकुण्ड गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले “उमाकुण्ड कृषि महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।


उमाकुण्ड कृषि महोत्सवको प्रमुख अतिथिको रुपमा कृष तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल आउने पनि आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कृषि महोत्सव मुल समारोह समितिका संयोजक राजेश बराइलीले महोत्सवलाई सफल पार्न सहयोग गरिदिन जिल्लाका राजनीतिक दल, २ नगरपालिका, ६ गाउँपालिका साथै नगरपालिका तथा गाउँपालिका अन्तर्गतका वडाहरुलाई आग्रह गरेका छन् ।

नेपाल सरकारको कृषि र पर्यटन मार्फत देशलार्ई सम्बृद्ध बनाउने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाको कृषि उत्पादन, कृषिको वैज्ञानिक रुपमा व्यवसायिककरण, स्थानीय जडीबुट्टीको समूचीत ब्यवस्थापन र बजार प्रवद्र्धनको लक्ष्य सहित कृषि महोत्सवको आयोजना गर्न लागिएको पनि उनले बताए । साथै स्थानीय संस्कृतिको जगेर्ना गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बराइलीले बताए । महोत्सबलाई सफल बनाउन राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहने साथै मनोरञ्जनात्माक खेलको प्रदर्शन समेत गरिने छ । उमाकुण्ड कृषि महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा