• ON AIR

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट


२३ असार, २०८० शनिबार 
रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा शैक्षिक गुणस्तर उकालो लागिरहेको छ । 
    २०७९ सालको एस.ई.ई. परिक्षामा मावि राकाथुम खाँडादेवि गाउँपालिका भरीमा उत्कृष्ट हुन सफल भएको छ । २०७९ सालको एस.ई.ई. नतिजा अनुसार उत्कृष्ट हुन सफल भएको मावि राकाथुमलाई खाँडादेवि गाउँपालिकाले एक शुक्रबार कार्यक्रमको आयोजना गरेर वधाई तथा शुभकामना प्रदान गरेको मावि राकाथुमका प्रधानाध्यापक चक्रलाल श्रेष्ठले वताउनुभयो । 
    त्यसैगरी, आधारभूत तह कक्षा ८को पालिका स्तरीय परीक्षामा बागेश्वरी आधारभूत विद्यालय उत्कृष्ट हुन सफल भएको छ । २०७९ सालको एस.ई.ई. परिक्षाको नतिजा प्रकाशन भए पश्चात उत्कृष्ट अंक ल्याउने विद्यालयलाई कार्यक्रम गरेर बधाई दिने गाउँपालिका रामेछाप जिल्लामा खाँडादेवि गाउँपालिका पहिलो हो । 
    सामुदायीक विद्यालयको शैक्षिक सुधारकोलागी गाउँपालिकाले यस वर्ष आवाशीय विद्यालय, जनप्रतिनीधिसँग विद्यार्थी सवाल जवाफ जस्ता नयाँ कार्यक्रम राखिएको खाँडादेवि गाउँपालिका शिक्षा शाखा प्रमुख मिन वहादुर थापाले जानकारी दिनुभयो ।  
गाउँपालिकाले कार्यक्रमको आयोजना गरेर बधाई तथा शुभकामना दिँदा शिक्षक विद्यार्थीको मनोबल बढ्ने भएकोले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर अभिबृृद्धिमा सकरात्मक सहयोग पुग्ने सरोकारवालाको ठहर छ । 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

लिखु तामाकोशीमा प्र.अ. व्यवस्थापनसँगै दरबन्दी मिलान 

३० चैत्र, २०७९ विहिबार रामेछाप/ लिखु तामाकोशी गाउँपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्ने उद्धेश्यले शिक्षा क्षेत्रमा सकरात्मक