• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

लिखु तामाकोशीमा प्र.अ. व्यवस्थापनसँगै दरबन्दी मिलान 

३० चैत्र, २०७९ विहिबार
रामेछाप/ लिखु तामाकोशी गाउँपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्ने उद्धेश्यले शिक्षा क्षेत्रमा सकरात्मक कार्यको थालनी गरेको छ । 
रामेछाप जिल्लामा रहेको दुईवटा नगरपालिका र छ वटा गाउँपालिका मध्ये शिक्षा क्षेत्रमा सकरात्मक कामको थालनी गर्दै कार्यान्वयन गर्ने पहिलो पालिका बन्न सफल बनेको हो । 
    सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको चौतर्फि गुनासो आईरहेकोबेला शिक्षा क्षेत्रमा प्र.अ. व्यवस्थापन र विद्यार्थीसंख्याको आधारमा कक्षा घटुवा देखि दरबन्दी मिलानको कामको शुरु गरिएको गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । 
दिनानुदिन विद्यालयका भौतिक संरचना लगात वाताबरण राम्रो बन्दै गएको तर विद्यार्थीसँख्या न्यून हुँदै गएका कारण  सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बढाउनकालागी सो कार्यको थालनी गर्नाले सरकारको उद्धेश्य अनुरुप शैक्षिक गुणस्तर बृद्धिकोलागी सहयोग पुग्ने शिक्षा शाखा प्रमुख रामसिंह डडालको भनाई छ । 
    गाउँपालिकाले शिक्षा शाखाको योजना र शिक्षा समितिको निर्णय अनुसार पहिलो चरणमा गाउँपालिका भरीका सामुदायीक विद्यालयहरुमा प्रधानाध्यापक ब्यवस्थापनका काम दुई चरणमा सम्पन्न गरिसकेको छ । त्यसैगरी, दोस्रो चरणमा विद्यार्थी संख्याको आधारमा सञ्चालित विद्यालयहरुको तह घटुवा, आवश्यकताको आधारमा घटुवा भएको विद्यालयका शिक्षक दरबन्दी मिलान र प्रविधीमैत्री विद्यालय बनाउन पालिकामा सञ्चालित १२ वटा माविमा स्वंशेवक शिक्षकको रुपमा कम्प्युटर शिक्षक, आधारभूत (तह कक्षा ६–८) मध्ये ३ वटा विद्यालयमा कम्प्युटर लगायत मुख्य विषयहरुमा स्वयंशेवक शिक्षकको व्यवस्थाको समेत तयारी गरेको छ ।
    गाउँपालिकाले आप्mनो पालिकामा सञ्चालित विद्यालय मध्ये १९ वटा विद्यालयको तह घटुवा गर्दै १५ वटा विद्यालयमा शिक्षक दरबन्दी मिलान गरिएको छ । 


स्थानीय तह कार्यान्वयनमा आएपछि पहिलो कार्यकाल विवादैविवादको चाङमा फसेको पालिकाले नीति निर्माण लगायत नितीगत निर्णयको कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा पछिल्लो पटक स्थानीय तहमा नबनिर्बाचित जनप्रतिनिधीको प्रवेशसँगै पालिकामा शुसान, प्रविधीमैत्री बाताबरण सहित राम्रा कार्यको थालनी र कार्यन्वयन गर्न लागिएको गाउँपालिकाका प्रबक्ता कैलाश दर्लामीले वताउनुभयो । 

 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा