• ON AIRसाझा खवर (CIN)
  • तिफदी समाचार

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 


रामेछाप- २७९ पौष २०८०, शुक्रबार
 “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ बिहीबार बाट रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शुरु भएको वृहत्  महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालीकराम जमरकट्टेले भब्य कार्यक्रमका विच गरेका  छन् । 
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासकै लागि प्रदेश सकारले प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको बताए । कृषिलाई उद्यम नमान्ने हाम्रो मानसिकता मौलाउँदै गएकाले अब यसलाई तोडेर जानुपर्ने  मान्यताका साथ प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ । 
कृषि उत्पादनको पकेट क्षेत्र घोषणा पश्चात ती पालिकाहरूमा आवश्यक लगानीका लागि विभिन्न बैङ्कहरू समेत तयारी अवस्थामा रहेको उनको भनाई छ । विगतमा कृषि क्षेत्रमा लगानी भएका अनुदानहरू व्यक्ति केन्द्रित हुँदा परिणाम सोचेअनुसार नआएको उनको भनाइ छ । प्रदेश सरकारले अहिले कृषि क्षेत्रको विकासका लागि समुदायमा आधारित मोडेलमा काम गर्न लागेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
अर्को प्रसंगमा प्रदेश सरकारले अब धेरै सडकहरूको कालोपत्रे गर्ने योजना बनाएको पनि जम्कट्टेलले बताए । प्रदेश सरकारले अब चाँडै प्रदेशभरका ५५० वटा भन्दा बढी सडकहरूलाई प्रादेशिक सडक नामा करण गर्ने कार्य भइरहेको छ । यसरी प्रदेश सडक नामा करण भएका सडकहरू आगामी तीन वर्षभित्र कालोपत्रे हुन्छ । यसका लागि प्रदेशले आवश्यक तयारी गरिरहेको जम्कट्टेलको भनाई छ । आफ्नो मुलुक विकासका लागि कुनै पनि आग्रह पूर्वाग्रह नराखी एकता साथ लाग्न पनि सबैलाई आग्रह गरे ।
रामेछाप जुनार–सुन्तला र किवी उत्पादनमा ठुलो सम्भावना भएको जिल्ला भएकाले जुनार–सुन्तला र किवीबाट कृषि क्षेत्रको विकास गर्न सम्भावनाहरूको खोजी गर्न आवश्यक रहेको जम्कट्टेलको भनाइ छ । रामेछापका जुनार–सुन्तला र किवी उत्पादन भइरहेको र यी चिजहरूको उत्पादन हुने सम्भावना भएका पालिकाहरूलाई जुनार–सुन्तला र किवी उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जम्कट्टेलको जोड थियो ।


रामेछाप उद्योग वाणिज्य संंघको आयोजनामा भएको उक्त महोत्सवको तयारी स्वरूप बजारका विभिन्न ठाउँमा स्वागत ढोका बनाउने देखि बजार  क्षेत्रमा टाँगिएको स्वागत ब्यानर र तोरणले पुरै बजार सिँगारिएको छ । 
महोत्सवमा जिल्लाका सबै स्थानीय निकायमा उत्पादन भएका मुख्य कृषिवालीको बजारीकरण र  आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटकहरूलाई समेत महोत्सवमा आउनका लागि आवश्यक वातावरण निर्माण गरिएको आयोजक संस्था रामेछाप उद्योग वाणिज्यसंघ रामेछापले जनाएको छ । ११ दिन चल्ने महोत्सवको अवलोकनका लागि जिल्ला भित्र र बाहिरका  गरी करिब ५० हजार दर्शक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । 
गाउँमा उत्पादित कृषि उत्पादन र उद्यमीहरूको उत्पादनलाई महोत्सव स्थलमा राखेर बेच विखन तथा प्रदर्शनका लागि सहज वातावरण बनाउनुका साथै महोत्सवका क्रममा आउन सक्ने विभिन्न वाधा अड्चन र समस्यालाई सहजिकरण गर्नका लागि पनि आयोजकले विभिन्न उप समिति निर्माण गरी सोही अनुसारको जिम्मेवारी दिएको उद्योग बाणिज्यसंघ रामेछापले जनाएको छ ।
महोत्सवले  आर्थिक मन्दी र व्यवसायमा आएको गिरावटले सुस्ताएको मन्थली बजार चलायमान हुने समेत अपेक्षा आफूहरूले गरेको र त्यसको आकर्षणका रूपमा जिल्ला तथा राष्ट्रिय स्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने छ । त्यसैगरी महोत्सव स्थलमा रोगटे पीङ, बाल उद्यान पार्क लगायत विभिन्न मनोरञ्जनको सामाग्रि समेत राखिएको छ । महोत्सबको पहिलो दिन विहिबार झाँकी सहित भब्य प्रदर्शन गरिएको थियो ।
    
 

प्रतिकृया दिनुहोस

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा

लिखु तामाकोशीमा प्र.अ. व्यवस्थापनसँगै दरबन्दी मिलान 

३० चैत्र, २०७९ विहिबार रामेछाप/ लिखु तामाकोशी गाउँपालिकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्ने उद्धेश्यले शिक्षा क्षेत्रमा सकरात्मक