• ON AIRस्थानीय समाचार
  • हाम्रो नेपाल,राम्रो नेपाल

वाईडबडी खरिद प्रकरणः उपसमितिको प्रतिवेदन अन्तिम सत्य होइन –मन्त्री बास्कोटा

पुस १९, काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार सम्बन्धमा अन्तिम निचोड निस्केपछि मात्र कारबाही गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उपसमितिले निकालेको प्रतिवेदन नै अन्तिम सत्य नभएको भन्दै त्यसको निष्कर्षमा पुगेपछि मात्र कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो ।


प्रतिनिधिसभसाको सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले दिएको प्रतिवेदनमाथि समितिले नै अध्यनन र छलफल गर्न बाँकी रहेको मन्त्री बास्कोटाको भनाई थियो । संसदको सार्वभौम समितिले बनाएको प्रतिवेदन साँचो भएपनि लेखा समितिलाई प्रतिवेदन नबुझाइ पत्रकार सम्मेलन गर्नु राम्रो नभएको उहाँले बताउनुभयो । छानविन गर्न अन्य संवैधानिक निकाय पनि भएको भन्दै उहाँले सबैतिरबाट भ्रष्टाचार भएको ठहर भएमा कारबाही हुने बताउनुभयो । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला र पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस सहित उपसमितिले बुधबार लेखा समितिमा प्रतिवेदन बुझाएको थियो ।
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र