• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

९० प्रतिशत सकियो  वन कार्यालय भवन निर्माणको काम

पुष २६,मन्थली– २०७२ सालको भुकम्पबाट क्षेतिग्रस्त डिभिजन वन कार्यालय रामेछापको नयाँ भवन निर्माणको काम ९० प्रतिशत सकिएको छ । भुकम्प गएको साँढे ३ वर्ष पछि रामेछाप डाँडामा सो कार्यालयको भवन निर्माण सम्पन्न हुन लागेको हो । एशियाली विकाश बैँकको आर्थिक सहयोगमा राष्टिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाइको अनुदान व्यवस्थापनमा १४ कोठाको २ ओटा नया भवनको निर्माण गरिएको हो । सो भवन निर्माणको जिम्मा सुनकोशी धुलीखेल जेभी काठमाडौँ निर्माण कम्पनीले लिएको थियो ।

२०७४ जेठ १७ गते मुल्य अभिवृद्धिकर बाहेक ४ करोड १४ लाख ७२ हजार ९३ रुपैयाँ ६९ पैसामा निर्माण सम्झौता गरेको सो कम्पनीले काम सुरु भएको १९ महिनामै भवनको ९० प्रतिशत काम सकिसकेको जनाएको छ । सम्झौता अनुसार निर्माण सुरु भएको मितिले २४ महिना भित्र भवन निर्माण काम सकिसक्नुपर्ने छ । डिभिजन वन कार्यलय रामेछापका प्रमुख पदमराज नेपालका अनुसार कार्यालयको नयाँ भवन बनेपछि कार्यलय व्यवस्थापन,कार्यसम्पादनमा सहजता र सेवा ग्राहिहरुलाई पनि सेवा लिन सहज छ । डिभिजन वन कार्यलय रामेछापको मातहतमा रहेर हाल जिल्लाभर ६ वटा सब डिभिजन वन कार्यलय सन्चालमा छन ।  

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर