पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोबार रद्द
पुष ३०,दोलखा– नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोबार रद्द गरेको छ । बजार खुल्नेबित्तिकै त्यो कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोबार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोबार भएका कारण कारोबार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।
आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुरु भएको थियो । स्टकले सुरुवाति चरणमा प्रतिकित्ता २२४ रुपैयाँसम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढे पनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।
नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा त्यो कम्पनीको शेयर ११२ रुपैयाँले वृद्धि भई ३३६ रुपैयाँ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोबार रद्द भएको जनाएको छ ।
सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो
२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको
१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन
२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार
रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न
१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण
प्रतिकृया दिनुहोस