• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

एकीकृत अखिल नेपालशिक्षक संगठन रामेछापको अध्यक्षमा श्रेष्ठ


२९ माघ २०७९, आइतवार
रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछापमा चक्रलाल श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
शनिवार रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सम्पन्न छैटौं जिल्ला सम्मेलनबाट माध्यामीक विद्यालय राकाथुमका शिक्षक श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी एकीकृत अखिल नेपाल शिक्षक संठगनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुको कसरत जरुरी रहेको बताउनुभयो । अधिकार र कर्तब्य एउटै सिक्काका दुईपाटा भएकाले शिक्षकका माझमा रहेका तमाम समस्या समाधान गर्न आप्mनो संगठन निरन्तर लागिपरेको र कर्तब्य पालनामा पनि परिणाम आउनेगरी शैक्षिक गुणस्तर बृद्धि तर्फ आप्mनो संगठन लागिरहेको बताउनुभयो । शिक्षकका समस्या हल गर्ने तर्फ आप्mनो संगठनले निरन्तरपहल गरिरहेको भन्दै निकट भविष्यमै शिक्षा ऐन ल्याउन सरकारलाई दवाव दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 
त्यसैगरी कार्यक्रमका विशेष अतिथिहरु पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’, प्रदेश सभा (ख) का सांसद यूवराज चौलागाई रामेछाप प्रदेश सभा (क) का सांसद तारानारायण श्रेष्ठ ‘बिगुल’ र लगायत अतिथीहरुले नब निर्बाचित टिमलाई बधाई दिँदै निरन्तर आप्mनो पेशाप्रति ईमान्दार भएर लाग्न सुझाब दिनुभयोे ।
नब निर्बाचित कार्यसमितिको उपाध्यक्षमा बेद वहादुर श्रेष्ठ, सचिवमा राजकुमार कोइराला, अर्थ सचिवमा रामकुमार कार्की निर्वाचित भएका छन् । कार्यसमिति सचिवालय सदस्यहरुमा कृष्ण गोले, तिर्थ कार्की, सुर्य तिवारी, दलवहादुर बल र डम्बर थापामगर  निर्वाचितभएका छन् ।  
त्यसैगरी, कार्यसमितिका सदस्यहरुमा पूर्णचन्द्र पौडे्ल, शुसिला गुरुङ, अनिता खड्का, कविन लामा, हिमाल लामा, राजेश कुमार श्रेष्ठ, चक्रवहादुर मानन्धर, मिरा योञ्जन, केशर सिंजाली मगर, गोपिलाल थोकर, प्रेम थापामगर, बलराम गौतम, ईश्वरी तिवारी, ख्यानवहादुर श्रेष्ठ, दिपेन्द्र न्यौपाने, भरत सुवेदी, रेजिन्द्र दंगाल, सुवास श्रेष्ठ र रितादेवि घिमिरे निर्वाचित भएका छन् । 

त्यस्तै अधिवेशनले सल्लाहकार समितिमा अम्वर बहादुर थापामगरको संयोजकमा १५ सल्लाहकार सदस्य चयन गरिएको छन् । सल्लाहकार सदस्यमा कृष्ण प्रसाद घिमीरे, हिरालाल मोक्तान, उमेश विक, प्रभुराम थापामगर, रामदाश वाईवा, रामबाबु सुवेदी, यान प्रसाद ढुंगेल, चतुरमान तामाङ, जनार्दन कार्की, निर्मल त्रिपाठी, दिपक मग्राति, कुमार कार्की, कुलवहादुर शिवभक्ति र तुलावहादुर तामाङ चयन गरेको हो ।
त्यसैगरी बागमति प्रदेश समितिमा ङेमा लामा, दावा शेर्पा, पार्वति कडरीया, तिलक बल, नेत्र प्रसाद गौतमलाई सिफारीस गरेको छ भने गैर भौगोलिक विशेष प्रदेश समितिमा मोहन श्रेष्ठ र चरेश कुमार पाख्रिनलाई चयन गरेको छ । 
अधिवेशनले संगठनमा लामो योगदान गरेका सेवा निबृत्त शिक्षक, शहिद तथा वेपत्ता शिक्षकको परिवार, कार्यरत उमेरहद ५७ वर्ष पुगेका सदस्यहरु, अन्तर जिल्ला सरुवा भई जाने सदस्यहरु लगायत प्रदेश सांसदहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । समितिको कार्यकाल ३ वर्षको हुने छ ।
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा