इजरायल पठाइदिने भन्दै साढे दुई करोड ठग्ने काँग्रेस रामेछापको नेता चौलागाई पक्राउ
३ असोज २०८३, शनिवार
रामेछाप— प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षका काँगे्रेस नेता भरत चौलागाई र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षकी बालिका सिवाकोटी रहेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको ’जीटुजी’ (सरकारी तह) सम्झौता बमोजिम केयरगिभरका लागि सन् २०२४ मा लिइएको परीक्षामा सहभागी भई ’लक्की ड्रा’ मा नपरेका परीक्षार्थीहरूलाई उनीहरूले ठगीको निशाना बनाएको अनुसन्धानबाट खुलेको छ ।
ब्यूरोका अनुसार अभियुक्तहरूले १५६ जना परीक्षार्थीलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको पहुँच प्रयोग गरी इजरायल पठाइदिने विश्वास दिलाएका थिए । त्यसबापत उनीहरूले प्रतिव्यक्ति छ लाख २० हजार रुपैयाँका दरले कुल दुई करोड ५० लाख रुपैयाँ संकलन गरी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगिएका पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको हो । पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी सम्बन्धी कसूरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकृत प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिनुभयो ।
रामेछापमा संविधान दिवसः प्रभातफेरीदेखि अस्पतालका बिरामीलाई फलफूल वितरणसम्म
३ असोज २०८३, शनिवार रामेछाप– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रामेछापमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्ला
लिखु तामाकोशीमा ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा परीक्षण
३ असोज २०८३, शनिवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा विद्यालयस्तरीय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा
चोरीको गहना खरिद गरेको आरोपमा उद्योग वाणिज्य संघ रामेछापका सचिव लोहार पक्राउ
२९ भदौ २०८३, आइतबार रामेछाप- महिलालाई नसालु पदार्थ सेवन गराई वेहोस बनाएर सुनको गहना चोरी गर्ने र उक्त गहना खरिद गर्ने कार्यमा संलग्न दुई जनालाई

प्रतिकृया दिनुहोस