• ON AIR
  • स्टेशन सुभारम्भ

प्रधानाध्यापक रमेश फुयाललाई ‘गोल्डेन क्राउन–उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’

१२ असोज २०८३, मंगलबार
रामेछाप- मन्थली स्थित लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रमेश फुयालले सन् २०२६ को ‘गोल्डेन क्राउन–उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’ प्राप्त गर्नुभएको छ
। शिक्षा क्षेत्रमा नेतृत्व, समर्पण र प्रतिबद्धताका लागि प्रदान गरिएको उक्त सम्मान फुयालले प्राप्त गर्नुभएको हो । पुरस्कार प्राप्त भएपछि उहाँले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय परिवारको सामूहिक प्रयास र योगदानको कदरका रूपमा लिनुभएको बताउनुभएको छ ।
प्रधानाध्यापक फुयालले शिक्षा क्षेत्रमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ आफूले निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले प्राप्त सम्मानले शिक्षण तथा शैक्षिक नेतृत्वको क्षेत्रमा थप जिम्मेवारी र प्रतिबद्धताका साथ अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।
“यो सम्मान केवल एउटा पुरस्कार मात्र होइन, शिक्षा क्षेत्रमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने यात्रामा गरिएको समर्पण, मेहनत र प्रतिबद्धताको कदर हो,” उहाँले भन्नुभयो ।
फुयालले पुरस्कार प्राप्तिका क्रममा आफूलाई निरन्तर साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले प्राप्त उपलब्धिलाई लिटिल स्टार इङ्लिस स्कुलका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारमा समर्पित गर्नुभएको छ ।
मन्थलीमा रहेर शैक्षिक क्षेत्रमा काम गर्दै आएको लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकका रूपमा फुयालले विद्यालयको शैक्षिक नेतृत्व गर्दै आउनुभएको छ । उहाँका अनुसार शैक्षिक संस्थाको प्रगति व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभई विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनसहित सम्पूर्ण पक्षको सहकार्यबाट सम्भव हुन्छ ।
‘गोल्डेन क्राउन–उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार २०२६’ प्राप्त गरेपछि फुयालले आगामी दिनमा पनि विद्यार्थीको सिकाइ, शैक्षिक गुणस्तर र विद्यालयको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्राप्त सम्मानले आफूलाई थप उत्साह र जिम्मेवारीबोध गराएको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

रामेछाप कांग्रेस अधिवेशन : ९६ प्रतिशतभन्दा बढी मत खस्यो, १४१ उम्मेदवार प्रतिस्पर्धामा

१२ असोज २०८३, मंगलबार रामेछाप-  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि

मन्थलीमा विश्व पर्यटन दिवसका अवसरमा अन्तरक्रिया

११ असोज २०८३, आइतवार रामेछाप— विश्व पर्यटन दिवस २०२६ का अवसरमा रामेछापको मन्थलीमा पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा सम्भावनाबारे अन्तरक्रिया

प्रेस युनियन रामेछापको चियापन तथा भेटघाट कार्यक्रम सम्पन्न

१० असोज २०८३, शनिवार रामेछाप— प्रेस युनियन रामेछापको आयोजनामा चियापन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको १५औँ

↑