रामेछाप कांग्रेस अधिवेशन : ९६ प्रतिशतभन्दा बढी मत खस्यो, १४१ उम्मेदवार प्रतिस्पर्धामा
१२ असोज २०८३, मंगलबार
रामेछाप- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ९६ प्रतिशतभन्दा बढी मत खसेको छ ।
मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म भएको मतदानमा जिल्लाभरका एक हजार ७८४ मतदातामध्ये एक हजार ७१३ जनाले मतदान गरेका हुन् । नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा ८७२ र ‘ख’ मा ८४१ मत खसेको हो ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा ३३ पद निर्धारण गरिएकोमा दलित कोटाबाट एक जना निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ३२ पदका लागि १०८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ ४, खुलातर्फ १०, श्रमिकतर्फ १, पेसागत तथा विषय विज्ञतर्फ १, युवा महिलातर्फ १, युवा खुलातर्फ १, अपाङ्गता भएका व्यक्तितर्फ १, अल्पसङ्ख्यकतर्फ १, दलिततर्फ १, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ १ र समानुपातिकतर्फ १० जना निर्वाचित हुने व्यवस्था छ ।
क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ–नगर सभापतिहरू भने पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ । उनीहरूले मतदान गर्न पाउने भए पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
यसैगरी जिल्लाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा २४–२४ जना गरी ४८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार दुवै क्षेत्रमा केही प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को सभापति पदका लागि भने तीन–तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रदेश अधिवेशन प्रतिनिधितर्फ प्रत्येक निर्वाचन क्षेत्रमा महिलाबाट २, खुलाबाट ८, पेसागत तथा विषय विज्ञबाट १, युवा महिलाबाट १, युवा खुलाबाट १, अपाङ्गता भएका व्यक्तिबाट १, श्रमिकबाट १, अल्पसङ्ख्यकबाट १, दलितबाट १, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितबाट १ र समानुपातिकतर्फ छ जना गरी २४ जना निर्वाचित हुनेछन् । प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ–नगर सभापतिहरू प्रदेश अधिवेशनका पदेन प्रतिनिधि हुने व्यवस्था छ । मतदान प्रक्रिया निर्धारित समयमै सम्पन्न भएपछि निर्वाचन समितिले बुधबार बिहानदेखि मतगणना सुरु गर्ने जनाएको छ । मतगणनापछि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिका साथै दुवै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिको परिणाम सार्वजनिक हुनेछ ।
प्रधानाध्यापक रमेश फुयाललाई ‘गोल्डेन क्राउन–उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’
१२ असोज २०८३, मंगलबार रामेछाप- मन्थली स्थित लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रमेश फुयालले सन् २०२६ को ‘गोल्डेन क्राउन–उत्कृष्ट
मन्थलीमा विश्व पर्यटन दिवसका अवसरमा अन्तरक्रिया
११ असोज २०८३, आइतवार रामेछाप— विश्व पर्यटन दिवस २०२६ का अवसरमा रामेछापको मन्थलीमा पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा सम्भावनाबारे अन्तरक्रिया
प्रेस युनियन रामेछापको चियापन तथा भेटघाट कार्यक्रम सम्पन्न
१० असोज २०८३, शनिवार रामेछाप— प्रेस युनियन रामेछापको आयोजनामा चियापन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको १५औँ

प्रतिकृया दिनुहोस