• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

सातौ राष्ट्रिय कर दिवस : प्रधानमन्त्रीको शुभकामना 

मंसिर १,काठमान्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । यो वर्ष, कर : समृद्ध नेपाल,सुखी नेपालीको भरभन्ने मूल नाराका साथ साताव्यापी रुपमा कर दिवस मनाइँदैछ । प्रधानमन्त्रीले कर दिवसले सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजूभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न प्रोत्साहित गरोस भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । 

‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिंदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन् । आम जनताको दैनिक जीवनस्तर उकास्न प्रतिवद्ध यो सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ प्रधानमन्त्रीले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण