• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

आफूमाथि कालोमोसो दलिएपछि कंसाकारले भने : देश अराजकतामा जाने भयो

पौष २१,काठमान्डौ– नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत उहाँले यस्तो बताउनु भएको हो । महाप्रबन्धक कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य  र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताउनु भएको छ ।

 
महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए ।  संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । शुक्रबार बसेको लेखा समितिको बैठकमा भने यस विषयमा विभाजित मत देखिएको छ ।

वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको उपसमितिले ठहर गरेको छ । सरकारले उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै वाइडबडी जहाज खरिदमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार लाचार

माघ ८,रामेछाप– रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका

संसदमा प्रतिपक्ष दल कांग्रेसको बबण्डर

माघ ८, २०७५ काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अघि बढाउने कार्यसूचीसहित मंगलबार  दिउँसो तीन बजेका लागि प्रतिनिधि सभाको बैठक

कांग्रेसका सांसदले मन्त्रीलाई धक्याए, सभामुखको कार्यकक्ष घेरे 

माघ ८, २०७५ काठमाडौंः प्रतिनिधिसभाको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका स्वास्थ्यमन्त्री