• ON AIRलोक लहरी (प्रशान्तको साथमा)
  • स्थानीय समाचार (मन्जु मगर)

मेरो प्रणय दिवसका मुख्य श्रेय ।

१ फागुन २०७९, सोमवार

►जोहोनसोन कार्की
 प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । आफुले चाहेको व्यक्ति वा कसैलाई मायाको प्रस्ताव वा व्यक्त गर्ने दिनलाई पनि लिइन्छ भ्यालेन्टाइन डे । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन, प्रेम गर्नका लागि कुनै सीमितता छैन । यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ?
प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् । वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफ्ना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ ।
भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको सन्दर्भमा मैंले मेरो जिवनको यस्तो पात्र लिएको र स्मरण गरेको छु जसबाट मैंले निस्वार्थ माया पाएको छु, जसबाट मैंले खुसी पाएको छु र अनुभव अनि महत्व बुझेको छु ।
१)आमाः
आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो ।
तिनै मेरी आमा जसले मलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन् । सबैभन्दा बढी करुणा र माया दिइन् । आमा ! जसले बाल्यकालमा मेरा इच्छा पूरा गरिन् । तिनै हुन् मेरो यो प्रणय दिवसको पहिलो पात्र । प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो मैले मेरी आमाबाटै सिकेको छु । गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ । आमा ! जीवनमा सफल अनि असफल पनि भइन्छ, सय मुरी दुःख पनि पाइएला, तर छोरो कुलतमा लाग्ला कि भनेर चिन्ता नलिनु है, किनकि तिम्रो मायाको कहिल्यै कमी महसुस भएको छैन । मेरो सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ आमा हुन्छिन् । आमा ! मेरो लागि पहिलो पुस्तक पनि हुन् ।
आमा ! मेरो पहिलो औषधि हुन् । सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण हुने गर्दछ ।
आमा ! चाहिँएको छैन मलाई त्यो कसैको स्वार्थ रहेको माया । सानो बाल्यकाल देखि पाएको हजुरको माया अनि ममताको स्पर्शले म परिपूर्ण छु । अब त मैंले केवल त्यो बेलामा हजुरबाट पाएको माया र ममता स्पर्शको परिणाम हजुरलाई महसुस गराउनु र खुसी दिनु छ ।
२)बुबाः
मेरो आमा पछिको दोस्रो पात्र मेरो बुबा हुन् । आमा पछि सफलताको पछाडि लिने नाम हो बुबा । हरेक बुबाको सपना हुन्छ, उसको बच्चाले आफुले भन्दा धेरै राम्रो गरोस्, बुबा मेरो हिम्मत हो । बुबा मेरो सुरक्षा कवच हो । बुबा सहारा हो, बुबा मेरो असल शिक्षक र पहिलो मार्गदर्शन हो । बुबा मेरो जिवनको लक्ष्य र सपनाको स्रोत हो । मेरो बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बुबा नै मेरो परिवार हो । मेरो बुबा नै मेरो घरको जग हो । बुबा नै हो मेरो सपनालाई पुरा गर्ने, आमा पछि मेरो चाहानालाई पूरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने, बुबा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी ।
बुबा ! खाचो छैन र हिड्नु छैन मलाई त्यो अरूको हात समातेर, मलाई त अझै त्यो हजुरले बाल्यकालमा हात समातेर सिकाउनु भएको तात्तेतात्ते भन्दै हिड्न अझै पुगेको छैन । अब त मलाई हजुरको त्यो परिश्रम गरिएका हातहरू समातेर हजुरको सहारा बनेर संँगसंँगै हिड्नु छ ।
३) दिदि–भाईः
बुबा–आमा पछिको मेरो अर्को पात्र हुन् ,मेरी दिदि–भाई ।
आमा–बुबाको जति महत्त्व रहेको छ, त्यतिकै मेरा लागि सबैथोक दिदि–भाइ लाई पनि मानेको छु । मैले आमा जतिकै माया दिदि र बुबा सरहको साथ र समर्थन मेरो भाईबाट पाएको छु । यसै कारण त आफुलाई भाग्यमानी ठानेको छु। दिदि मेरो सफलताको मनोबलका र भाई साहसको बाटोमा सहयात्री पाएको छु । दिदि–भाइ मेरो लागि एउटा सम्बन्ध जस्तै नभएर मेरो जिबनको एउटा निर्देशक पनि हो । दिदिले गर्नु भएको परिवार प्रतिको त्यो संघर्ष अनि भाईको त्यो आट र साथ मैले बुझेको र महसुस गरेको छु । दिदिको भनाईमा मैंले सत्यता पाउँछु र भाई संगको झगडामा पनि माया पाएको छु । मेरो प्रेरणाको स्रोत, बिभिन्न कृयाकलापको दर्शक, हौशालाको उजागर जीवनमा तपाई जस्तो दिदी पाउनु जो कोहिलाई गर्ब हुने छ जुन आज मैंले अनुभव गरेको छु ।
४) असल साथीः
एउटा परिवार पछि अर्को पात्र मैले साथीहरू अनि साथ पनि पाएको छु । हरेक कुरामा चाहे दुःख परेको बेलामा होस् वा सुखमा मैले साथ पाएको छु र असल साथीको महत्त्व बुझेको छु । कहिलेकाहिं साथीले जिस्काउने गर्छन् तर त्यो जिस्काईमा पनि एक किसिमको मिठास पाएको छु । बोलाउँदा पनि नाम बिगारेर अथवा गाली गरेर बोलाउने गर्छन्, तर त्यहि गालीमा पनि साथीको माया र आफ्नोपन झल्केको पाएको छु । साथीकै कारण मानिस प्रगतिपथमा लम्कन्छन् । साथी ! जो जीवनको एउटा अभिन्न पाटो पनि मानिन्छ । भोलिका लागि साथि अनि साथ जीवनका उर्जा हुन्, शक्ति हुन् र प्रेरणाका स्रोत हुन् । जीवनलाई नयाँ मार्गदर्शन दिने या त हराभरा बनाउने पनि तिनै असल साथी र तिनैको साथ हुन्। साथीको साथ छ त रमाइलो छ, सजिलो छ अनि सहज छ ।
साथी ! हामी सँगै त नहौंला तर यो मनमा सम्झना र याद सँधै आइरहने छ र मलाई तिम्रो साथ र तिम्रो त्यो न्यानो अंगालोमा हिड्दै तिम्रो आभाष महसुस अझै गर्नु छ ।
प्रणय दिवसको शुभकामना ।
श्रेय– मुख्य पात्र ।
यदि तपाईले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईको लागि उचित समय हुन सक्छ किनकि यो दिनलाई प्रेम गर्नेहरुले बिशेष दिनको रुपमा हेर्छन् र यो दिनमा आएका प्रस्तावहरुलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रुपमा नै लिन्छन् । त्यसैले फेब्रुअरी १४ को सुनौलो अवसर नगुमाउनुहोस ।

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)

१७ वैशाख २०८०, आइतबार रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ