• ON AIR
  • स्टेशन सुभारम्भ

प्रभावकारी बन्दै गोेकुलगंगा गाउँपालिकाको न्यायिक समिति, अधिकांश मुद्धा फछ्र्यौट


२५ वैशाख २०८१, मङ्गलवार
रामेछाप– स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भएसँगै पहुँच बाहिर रहेका नागरिकहरु लाई न्यायको लागि सहज भएको छ । स्थानीय तहमा परेका उजुरी उपर चाँडै न्यायिक प्रक्रिया पूरा हुने हुँदा नागरिकहरूले समयमै न्याय पाएको अनुभूति गर्न थालिएको गोकुलगंगा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले बताउनु भयो । 
उहाँले रेडियो तिफदीवाट प्रसारित हेल्लो स्थानीय सरकार कार्यक्रममा बोल्दै वडा कार्यालयमै मेलमिलाप समितिको व्यवस्था भएकाले विपन्न र पहुँच बाहिरका नागरिकलाई आफू अन्यायमा परेको कुरा भन्न सजिलो भएको बताउनु भयो । न्यायिक समिति र वडाको मेलमिलाप केन्द्रमा पालिकाका चिने जानेका जनप्रतिनिधिहरू हुने भएकाले मेलमिलाप समितिमा आउन सजिलो भएको उहाँको भनाई छ । 
न्यायिक समितिले अहिले विभिन्न विषयमा सर्वसाधारण नागरिकहरूको उजुरी लिने गरेको उपाध्यक्ष कार्कीले बताउनु भयो । यी विषयमध्ये पनि साँध सँधियार, बाटोपैनी मिचेको र महिला हिंसा सम्बन्धी बढी उजुरी आउने गरेको उपाध्यक्ष कार्कीले बताउनु भयो । न्यायिक समितिले परेका उजुरी उपर न्यायिक निरूपण प्रक्रियामा मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिएर काम गर्दै आई रहेको उहाँले बताउनु भयो । मेलमिलाप समितिमा परेका उजुरीमध्ये २४ वटा निवेदनको मिलापत्र गराउन सफल भएको र न्यायिक समितिले ९ वटा मुद्धामा निर्णय गर्दै न्याय दिलाएको उहाँको भनाइ छ ।
न्यायिक समितिमा आएका मुद्धाका प्रकृतिअनुसार अदालतमा पठाउनुपर्ने हुन्छ । त्यस्ता मुद्वाहरूलाई जिल्ला अदालत रामेछापमा पठाउने गरेको गाउँपालिका उपाध्यक्ष कार्कीले बताउनु भयो । उपाध्यक्ष कार्कीले गाउँपालिकामा सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरू सम्पन्न भएको फाईल पालिकामा प्राप्त हुन साथ भुक्तानी दिइने गरेको बताउनु भयो ।  आफू निर्वाचित भए पश्चात् जनताले दुःख नपाउन् भनेर सबै योजना तथा कार्यक्रमहरू वडा वडा मै गएर सम्झौता गरिएको समेत बताउनु भयो ।  
गाउँपालिकाले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि गाउँ कार्यपालिकाको कार्यालयले बजार अनुगमनलाई पनि नियमित गर्दै आइ रहेको उहाँको भनाई छ । गोकुलगंगा गाउँपालिकाले महिलाहरुका लागी तरकारी खेती र सिलाई बुनाइ लगायतका तालिमहरू सञ्चालन गरी रहको छ । महिलाहरूलाई ३ महिने सिप मूलक तालिम दिएर कृर्षि औजारहरू र सिलाइ मिसिनहरू समेत दिएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

१० चैत २०७९, शुक्रवार रामेछाप– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने

संविधानलाई भष्म पार्ने प्रयास

महेश आचार्य १२ असोज, २०७९ वितेका केही दिनदेखि नागरिकता विधेयकका विषयमा व्यापक बहस छ, जुन अस्वाभाविक ढंगले सत्य भन्दा पनि तल गएर प्रचारात्मक ढंगले

जनप्रतिनीधिको खर्च विवरण र आयोगको निर्णय

वृषेशचन्द्र लाल १२, असोज २०७९ निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी भएका १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारहरुलाई निर्वाचनको खर्च विवरण बुझाउन