• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप नगरपालिका वडा–२ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

२८ जेठ २०८२, बुधवार
रामेछाप– रामेछाप नगरपालिकाको वडा–२ देउरालीलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । मंगलवार आयोजित एक समारोहमा जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम बहादुर थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषण गन्नुभएको हो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषण गर्नका लागि बालश्रम मुक्त, बाल विवाह मुक्त र अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चितता गर्दै बालमैत्री शासनका ५१ वटा सूचकलाई पार गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष निर बहादुर श्रेष्ठले बताउनुभयो ।

बालमैत्री वडा घोषण समारोहमा बोल्दै जी.स.स रामेछापका उप–प्रमुख थापाले देउरालीका जनप्रतिनिधि, सरकारी कर्मचारी, राजनीतिक दलहरू र स्थानीय बासिन्दाहरूले रामेछाप नगरपालिकाका ८ वटा वडा भन्दा पूर्ण रूपमा फरक ढङ्गले उदाहरणीय काम गरेर देखाएको बताउनु भयो । 
थापाले देउरालीलाई नमुना वडा बनाउन बालमैत्री वडा घोषण गर्न गरेको मिहिनेत शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रहरूमा र वडा विकासको निम्ति सबै जनताहरू निरन्तर लागि रहन आग्रह गन्नुभयो । उहाँले बालबालिकाहरूको संरक्षण र दिगोपनाको निम्ति बालमैत्री वडा घोषण गरेर मात्र होइन उनीहरूलाई हरेक क्षेत्रमा साझेदारको रूपमा सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, रामेछाप नगरपालिका ९ वडाहरू नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । मगंलबार रामेछाप नगरपालिकाको सबै वडाहरूले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषण गरिएको हो ।  जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा भएका हुन् । 
नगरका सबै वडाहरूले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको हो । वडा घोषणा पश्चात् बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने छ ।


 

प्रतिकृया दिनुहोस

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

उमाकुण्डमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीलाई

१५ मंशिर, २०८१ शनिबार, रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माध्यमिक विद्यालयले