मन्थली नगरपालिकाको बजेट खर्च ८५.०४ प्रतिशत, आन्तरिक राजस्वमा ९० प्रतिशत प्रगति
२६ असार २०८३, शुक्रवार
रामेछाप— मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट कार्यान्वयन, आन्तरिक राजस्व संकलन, पूर्वाधार विकास तथा सेवा प्रवाहका सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले प्रस्तुत गरेको प्रगति विवरणअनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणालीमार्फत विनियोजित १ अर्ब चार करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेटमध्ये असार मसान्तसम्म ८९ करोड ४३ लाख ७२ हजार ३१७ रुपैयाँ अर्थात् ८५.०४ प्रतिशत खर्च भएको छ।
कुल खर्चमध्ये चालुतर्फ ६६ करोड ४२ लाख ८४ हजार १०६ रुपैयाँ (९०.५७ प्रतिशत) र पुँजीगततर्फ ३१ करोड ८१ लाख ८६ हजार ३८५ रुपैयाँ (७२.३१ प्रतिशत) खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ४ करोड ७५ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा असार तेस्रो सातासम्म ४ करोड २८ लाख १५ हजार रुपैयाँ अर्थात् करिब ९० प्रतिशत राजस्व संकलन गरेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ मा ५ करोड ५० लाख ९१ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्यसहित आवश्यक कार्यक्रम र कार्ययोजना तयार गरिएको जानकारी दिइएको छ ।
राजस्वको दायरा विस्तार गर्न न्यूनतम घरबहाल कर र बहाल बिटौरी कर लागू गरिएको तथा भू–उपयोग वर्गीकरणअनुसार कित्तागत विवरण तयार गरी नापी तथा मालपोत कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएकाले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट प्रक्रिया पुनः सञ्चालनमा आएको र यसले राजस्व वृद्धिमा सकारात्मक योगदान पुगेको नगरपालिकाको दाबी छ ।
क्षेत्रगत खर्चतर्फ आर्थिक विकास क्षेत्रमा १३ करोड ९४ लाख २१ हजार ९६० रुपैयाँ विनियोजनमध्ये १० करोड ५७ लाख ८७ हजार ७१५ रुपैयाँ (७५.८८ प्रतिशत), सामाजिक विकास क्षेत्रमा ५७ करोड ८५ लाख ९७ हजार ९५७ रुपैयाँमध्ये ५१ करोड ४६ लाख २६ हजार ८३४ रुपैयाँ (८८.९४ प्रतिशत), पूर्वाधार विकास क्षेत्रमा १७ करोड नौ लाख ७५ हजार ४२५ रुपैयाँमध्ये १२ करोड ५९ लाख ७८ हजार ८९१ रुपैयाँ (७३.६८ प्रतिशत) खर्च भएको छ ।
यस्तै, वातावरण, जलवायु, विपद् तथा कानुनसम्बन्धी सुशासन क्षेत्रमा ५६ लाख ८७ हजार ४६० रुपैयाँमध्ये ४७ लाख ९४ हजार ७१० रुपैयाँ (८४.३० प्रतिशत) तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १५ करोड ६९ लाख २९ हजार ४०० रुपैयाँमध्ये १४ करोड ३१ लाख ६६ हजारभन्दा बढी रकम (९१.२४ प्रतिशत) खर्च भएको विवरणमा उल्लेख छ ।
नगरपालिकाले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (LMBIS) तथा PAMS लगायतका अनलाइन प्रणालीमार्फत लेखांकन, भुक्तानी र जिन्सी व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाएको जनाएको छ । यसबाट वित्तीय पारदर्शिता, जवाफदेहिता र प्रशासनिक कार्यसम्पादनमा सुधार आएको दाबी गरिएको छ ।
चालु आर्थिक वर्षमा सञ्चालन भएका ६०२ योजनामध्ये ५४४ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएका छन् । तीमध्ये ३२९ योजनाको सम्झौता भई कार्यादेश जारी भएको, ५२४ योजना सम्पन्न भएर भुक्तानी भइसकेको तथा ठेक्का प्रक्रियाबाट सञ्चालन भएका ३२ आयोजनामध्ये ३० वटा सम्पन्न भई भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ। बाँकी दुई आयोजना आगामी वर्ष सम्पन्न गर्ने गरी क्रमागत योजनामा राखिएको छ ।
वडा नं. ९ को कार्यालय भवन सम्पन्न भएसँगै १४ मध्ये १२ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । २५ लाख रुपैयाँभन्दा माथिका सबै आयोजना बोलपत्र प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था निरन्तर कायम राखिएको नगरपालिकाले जनाएको छ ।
भवन निर्माण तथा बस्ती विकासतर्फ चार वटा नक्सा पास इजाजत, छ वटा सुपरस्ट्रक्चर इजाजत, दुई वटा निर्माण सम्पन्न प्रमाणपत्र तथा सात वटा अभिलेखीकरण गरिएको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य सेवा विस्तारतर्फ ६० देखि ७० वर्ष उमेर समूहका दलित तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा, टेलिमेडिसिन सेवा, किशोरकिशोरी नर्स कार्यक्रम, गर्भवती तथा सुत्केरीको निःशुल्क एम्बुलेन्स सेवा र विपन्न सुत्केरी महिलालाई खाद्यान्न सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा ३५४ संस्थागत प्रसूति (जसमध्ये ७४ शल्यक्रिया), ४७ जनालाई OCMC सेवा, एक हजार ९७५ डेंगु परीक्षण, एक हजार ३४ स्क्रब टाइफस परीक्षण, नौ हजार ८०४ दन्त सेवा, दुई हजार ४०५ फिजियोथेरापी, दुई हजार ४४० आँखा सेवा, एक हजार ९६३ थाइराइड सेवा, १४० पिसाब कल्चर परीक्षण तथा ७१० जनालाई कुकुरले टोकेपछि एआरभी खोप सेवा प्रदान गरिएको छ। समुदायमा नागरिकसँग स्वास्थ्य कार्यक्रमसहित कुल एक लाख ४८ हजार ९४२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा ८० जना विपन्न नागरिकलाई विभिन्न अस्पतालमा उपचार खर्च छुटका लागि सिफारिस गरिएको तथा १२७ जना दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँका दरले उपचार सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दलित महिला, एकल महिला, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई ५० प्रतिशत प्रिमियम अनुदान र रातो कार्ड तथा गरिब परिचयपत्र प्राप्त २६३ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको जानकारी सार्वजनिक सुनुवाइमा दिइएको छ ।
सुनापति गाउँपालिकाले हासिल गर्यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति
३२ असार २०८३, बिहिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै
रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत
२८ असार २०८३, आइतबार रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ
थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार
२८ असार २०८३, आइतवार रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध

प्रतिकृया दिनुहोस