सुमन खड्काको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ रामेछापको नयाँ कार्यसमिति
२७ असार २०८३, शनिवार
रामेछाप– राष्ट्रिय संगीतकर्मी संघ रामेछाप जिल्ला कार्यसमितिको १२औँ साधारण सभा तथा ६औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुमन खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष खड्काले आफूलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी प्रदान गर्ने केन्द्रीय समितिका पदाधिकारी, निर्वाचन मण्डल, विशिष्ट अतिथि, अतिथि, सञ्चारकर्मी तथा गीत–संगीतप्रेमी सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले अध्यक्ष पद केवल सम्मानको विषय नभई ठूलो जिम्मेवारीसमेत भएकाले संगठनको गरिमा, कलाकारको हित तथा संगीत क्षेत्रको विकासका लागि इमानदारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “प्रतिबद्धता बोलेर भन्दा कार्य गरेर देखाउने अवसर प्राप्त होस्,” उहाँले भन्नुभयो । अधिवेशनबाट नवीन पुलामी मगर वरिष्ठ उपाध्यक्ष, राम बस्नेत प्रथम उपाध्यक्ष, अनु खड्का महिला उपाध्यक्ष, सन्दीप श्रेष्ठ उपाध्यक्ष, सरिता श्रेष्ठ सचिव, सुदीप खड्का प्रवक्ता, विष्णु सोनाम सहसचिव, युवराज कार्की कोषाध्यक्ष तथा दीक्षा महत सह–कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा रामबहादुर माझी, लक्ष्मी बिक, जयप्रकाश प्रधान, टिकाराम श्रेष्ठ, बोधकुमारी श्रेष्ठ (गोमार) तथा कर्ण श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनमा संघका केन्द्रीय पदाधिकारी, निर्वाचन मण्डल, विशिष्ट अतिथि, विभिन्न क्षेत्रका प्रतिनिधि, पत्रकार तथा गीत–संगीतप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले जिल्लाको संगीत तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवद्र्धन र कलाकारहरूको हकहितका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
सुनापति गाउँपालिकाले हासिल गर्यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति
३२ असार २०८३, बिहिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै
रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत
२८ असार २०८३, आइतबार रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ
थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार
२८ असार २०८३, आइतवार रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध

प्रतिकृया दिनुहोस