लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न हुलाक कार्यालयलाई पत्रकार महासंघ रामेछापको आग्रह
५ असोज २०८३, सोमवार
रामेछाप– नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले छापा सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी संशोधित कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुलाक कार्यालय रामेछापलाई लोककल्याणकारी विज्ञापनबापतका बिल नबुझ्न आग्रह गरेको छ । महासंघले जिल्ला हुलाक कार्यालय मन्थलीलाई ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित भइसकेको अवस्थामा सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको रकममा ठूलो कटौती हुने गरी कार्यविधि संशोधन गरिएको भन्दै आपत्ति जनाएको हो । महासंघका अनुसार सरकारले ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ ।
संशोधित व्यवस्थाले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले प्राप्त गर्ने रकममा करिब ५० प्रतिशतसम्म कटौती हुने अवस्था सिर्जना गरेको महासंघको दाबी छ । ज्ञापनपत्रमा कोभिड–१९ महामारीपछि उत्पन्न आर्थिक मन्दी, कागज तथा मुद्रण सामग्रीको बढ्दो मूल्यलगायतका कारण छापा सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा राज्यले राहत र प्रोत्साहन दिनुपर्नेमा विज्ञापनको रकम कटौती गर्ने नीति ल्याउनु प्रेस तथा श्रमजीवी पत्रकारका लागि थप चुनौतीपूर्ण हुने महासंघले जनाएको छ । महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानीसम्बन्धी विवाद समाधान नभएसम्म र संशोधित कार्यविधि फिर्ता नभएसम्म छापा सञ्चारमाध्यमका विज्ञापनसम्बन्धी बिल नबुझ्न जिल्ला हुलाक कार्यालयलाई आग्रह गरेको छ ।
महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत उक्त आग्रह गरेको जनाउँदै माग सम्बोधन नभए आगामी असोज ६ गतेदेखि जिल्ला हुलाक कार्यालय रामेछापमा तालाबन्दीलगायतका थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ । महासंघले विज्ञापन बोर्डले बिल बुझ्ने प्रक्रिया अघि बढाएको विषयमा समेत असहमति जनाउँदै संशोधित कार्यविधि खारेज गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर माग गर्दै आएको उल्लेख गरेको छ ।
ज्ञापनपत्रमा प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको व्यावसायिक निरन्तरता तथा नागरिकको सूचनाको हकको संरक्षणका लागि सम्बन्धित निकायले तत्काल सकारात्मक कदम चाल्न आग्रह गरिएको छ । महासंघले ज्ञापनपत्रको बोधार्थ विज्ञापन बोर्ड काठमाडौं, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, बागमती प्रदेश समिति तथा जिल्ला प्रशासन कार्यालय रामेछापलाई दिएको जनाएको छ ।
रामेछापमा उत्कृष्ट कार्यसम्पादनः प्रहरी निरीक्षक कमल राउत ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
५ असोज २०८३, सोमवार रामेछाप— जिल्ला प्रहरी कार्यालय रामेछापले २०८३ भदौ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गर्दै प्रहरी निरीक्षक कमल
इजरायल पठाइदिने भन्दै साढे दुई करोड ठग्ने काँग्रेस रामेछापको नेता चौलागाई पक्राउ
३ असोज २०८३, शनिवार रामेछाप— प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा
रामेछापमा संविधान दिवसः प्रभातफेरीदेखि अस्पतालका बिरामीलाई फलफूल वितरणसम्म
३ असोज २०८३, शनिवार रामेछाप– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रामेछापमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्ला

प्रतिकृया दिनुहोस