• ON AIR

भुजि लिग फुटबलस् आयोजक एफसीबीलाई स्तब्ध पार्दै मिलनचोक युवा क्लब बन्यो च्याम्पियन

१५ कार्तिक २०८३, आइतवार
रामेछाप– उमाकुण्ड गाउँपालिका–७, भुजि स्थित अमृत घामछायाँ खेल मैदानमा फुटबल क्लब भुजि (एफसीबी) को आयोजना तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि मिलनचोक युवा क्लब ९एमवाइसी० ले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक फुटबल क्लब भुजि ९एफसीबी० लाई १–० गोल अन्तरले पराजित गर्दै मिलनचोक युवा क्लब ९एमवाइसी० प्रिति ले उपाधि चुमेको हो । 
प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनेको फाइनल खेलमा मिलनचोक युवा क्लबका अनिल पाचे मगरले निर्णायक गोल गरे। खेलको पहिलो हाफको निर्धारित ३८औँ मिनेटमा अनिलले सानदार गोल गर्दै एमवाइसीलाई अग्रता दिलाएका थिए। त्यसपछि आयोजक एफसीबीले गोल फर्काउन प्रयास गरे पनि सफल हुन सकेन । निर्धारित समयसम्म एमवाइसीले आफ्नो अग्रता कायम राख्दै अनिलको निर्णायक गोलसँगै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भयो । उपाधिसँगै विजेता मिलनचोक युवा क्लब प्रितिले नगद रु। १ लाख ४८ हजार ८२८ सहित एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता आयोजक फुटबल क्लब भुजिले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी तथा मेडलमा चित्त बुझाएको छ ।
त्यस्तै, प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी मिलनचोक युवा क्लबका ज्ञानबहादुर पुलामी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि एमवाइसीकै अनिल पाचे मगरले हात पार्दा उत्कृष्ट डिफेन्डर एफसीबीका रोशन देउबञ्जर र उत्कृष्ट गोलरक्षक एमवाइसीका खोमबहादुर श्रेष्ठ घोषित भए। उनीहरूलाई ट्रफी प्रदान गरिएको थियो । कुल १५ टोलीको सहभागिता रहेको प्रतियोगिता २०८३ कात्तिक १० गतेदेखि सञ्चालन भएको थियो। कात्तिक १५ गते सम्पन्न फाइनल खेल भव्य, सभ्य तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस

दसैँ सुरक्षा अभियानः रामेछापमा १५२ सवारीसाधन कारबाहीमा, १ लाख ६५ हजार राजस्व संकलन

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– दसैँ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा

रामेछापका साढे नौ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा भिटामिन ‘ए’

रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ८० हजार पुरस्कार

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– खेलकुदको माध्यमबाट युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले रामेछाप

↑