बैंकिङ कसूर र ज्यान मार्ने उद्योगसहित विभिन्न मुद्दाका तीन फरार अभियुक्त पक्राउ
५ मंसिर २०८३, शनिवार
रामेछाप– विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहँदै आएका तीन जना प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मन्थली, रामेछापद्वारा जारी प्रेस विज्ञप्तिअनुसार खोजतलासका क्रममा विभिन्न स्थानबाट ती प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये बैंकिङ कसूर मुद्दाका प्रतिवादी तारा बहादुर ग्यापकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँगको समन्वयमा भक्तपुरबाट पक्राउ गरिएको हो ।
रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवी घर भएका प्रतिवादी ग्यापकलाई बैंकिङ कसूर मुद्दामा आठ दिन कैद र रु १८ लाख ५० हजार जरिवाना सजाय तोकिएको थियो । त्यसैगरी, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मन्थली नगरपालिका–१० का रोशन भण्डारीलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको छ । उहाँलाई छ महिना कैद र रु पाँच हजार जरिवाना सजाय भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुषित खाद्य पदार्थसम्बन्धी मुद्दाका फरार प्रतिवादी मन्थली नगरपालिका–९ का शिशिर राज गिरीलाई समेत नियन्त्रणमा लिई दाखिला गरिएको छ । उहाँलाई रु १५ हजार जरिवाना सजाय तोकिएको थियो । प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमल राउतले विभिन्न मुद्दामा सजाय पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीको खोजी कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ ।
राष्ट्रिय सम्मानले डहु माविको शैक्षिक नेतृत्वलाई थप उचाइ
५ मंसिर २०८३, शनिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिका–स्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल राष्ट्रियस्तरमा उत्कृष्ट
रामेछापमा मतदाता सङ्ख्या १ लाख ८९ हजार पुग्यो, एक वर्षमा १ हजार ४२४ थपिए
४ मंसिर २०८३, शुक्रवार रामेछाप– रामेछापमा एक वर्षको अवधिमा १ हजार ४२४ जना नयाँ मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कायम मतदाता
नेपाली कांग्रेस देउवा समूह रामेछापको जिल्ला अधिवेशन मंसिर १४ गते हुने
३ मंसिर २०८३, बिहिवार रामेछाप– नेपाली कांग्रेसको देउवा समूहले रामेछापमा पार्टीको १५औँ नियमित जिल्ला अधिवेशन आगामी मंसिर १४ गते सोमबार सदरमुकाम

प्रतिकृया दिनुहोस