• ON AIR
  • स्टेशन सुभारम्भ

प्रदेशका मुख्यमन्त्री लामालाई माओवादी केन्द्रको ध्यानाकर्षण पत्र, १०० दिनमा ६.५ प्रतिशत मात्र प्रगति

२९ कार्तिक २०८१, बिहिवार
रामेछाप–प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बाग्मती प्रदेश सभाको विपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार नवरालिएर जनताको हितमा काम गर्नुपर्ने भन्दै विभिन्न आठबँुदे मागसहित  ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन प्रदेशका मुख्यमन्त्री लामालाई भेटेर वाग्मती प्रदेशको संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको १०० दिन पुग्दाँपनि ६.५ प्रतिशत मात्र प्रगति भएकोले सरकार समग्र विकासमा केन्द्रित हुन नसकेको टिपप्णी गनुभएको छ । उहाले सरकार संघीयताको मर्म र भावनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ । पूर्वमुख्यमन्त्री जम्कट्टेलले विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढनुपर्ने उल्लेख गर्नु भएको छ ।
ध्यानाकर्षण पत्रमा गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा अपुग भएको रकम थप गर्न सर्वदलीय बैठकको सहमति तत्काल कार्यान्वयन गनुपर्नेमा जोड दिइएको छ । 
प्रदेशको दिर्घकालिन महत्वका प्रदेश सडक योजना, समुदायमा आधारित उत्पादन कार्यक्रम, वडा समाजवादी कार्यक्रम, प्रदेश विश्वविद्यालय सञ्चालन, प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद स्थापना र सञ्चालन, गृहिणी महिला कार्यक्रम, दलित विकास कार्यक्रम, चेपागं, चिउरी, चमेरो, खेलकुद पूर्वाधार, अस्पताल पूर्वाधार, अस्पताल स्तरोन्नति तथा सुदृढिकरण कार्यक्रम लगायतका प्रदेशका रणनैतिक योजनाहरु विनाराजनितिक पूर्वाग्रह लागू गर्न आग्रह गरिएको छ ।
त्यस्तै, ठेक्का सम्झौताभइ कार्यन्वयनमा रहेको तर कार्यप्रगति न्यून भएका तथा योजन सम्पन्न नभइ म्याद सकिएको योजनाहरुलाई निर्णय गरी कार्य अगाडि बढाउन माग गरिएको छ । कर्मचारीहरुलाई प्रचलित ऐन, नियम तथा मापदण्ड अनुसार सरुवा गर्नुपर्ने र कार्यरत अस्थायी करार कर्मचारीलाई विना कारण हटाउन, दवाव दिने कार्य बन्द गर्न समेत आग्रह गरिएको छ ।
यसैगरी, समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि राजनितिक पूर्वाग्रह र प्रभावका आधारमा उन्मुक्ति नदिइ छानमिनको दायरा ल्याइ तदारुकता देखाउन र १२ असोजमा मकवानपुरको इन्द्रसरोवर– ३ सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माओवादी केन्द्रले माग गरेको छ ।


 

प्रतिकृया दिनुहोस

रामेछाप नगरपालिका वडा–२ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

२८ जेठ २०८२, बुधवार रामेछाप– रामेछाप नगरपालिकाको वडा–२ देउरालीलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । मंगलवार आयोजित एक

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल