उमाकुण्डमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीलाई
१५ मंशिर, २०८१ शनिबार,
रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उचाल्न सफल भएको छ । बुधवारदेखी पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको थियो ।
पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतिस्पर्धामा १० स्वर्ण, ६ रजत र २ कांस्य पदक जित्दै चण्डेश्वरीले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । त्यस्तै ८ स्वर्ण, ९ रजत र ७ कांस्यसहित वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर माध्यमिक विद्यालय दोस्रो भएको छ । विजेता चण्डेश्वरीले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कैलेश्वरले नगद १५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
४ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै वडा नं ३ कुँबुँकाँस्थली स्थित जनता माध्यमिक विद्यालय तेस्रो भएको छ । जनताले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेर सान्त्वनामा चित्त बुझाएको हो ।
प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो । विजेताहरूलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र वडा अध्यक्षहरूले पुरस्कार वितरण गर्नुभएको थियो ।
रामेछाप नगरपालिका वडा–२ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा
२८ जेठ २०८२, बुधवार रामेछाप– रामेछाप नगरपालिकाको वडा–२ देउरालीलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । मंगलवार आयोजित एक
उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग
२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको
कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन
१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

प्रतिकृया दिनुहोस