स्थानीय कलाकारको साथमा सामाजिक कथामा बन्यो ‘मुना’ टेलिसिरियल
१८ फागुन २०८१, आइतबार
रामेछाप– रामेछाप जिल्लाको स्थानीय कलाकारको साथमा सामाजिक कथामा ‘मुना’ सिरियल निमार्ण भएको छ । किङ्स्टार कृयशन प्रा.ली को प्रस्तुतिमा सामाजिक कथामा आधारित ‘मुना’ टेलिसिरियल निर्माण भएको हो । निर्माण युनिटले सिरियलको भाग– ३ समेत सार्वजनिक गरी सकेको छ । भाग ३ सम्म आइपुग्दा सिरियलले कमेडी र सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । सिरियलमा टाइटल भूमिका अर्थात् ‘मुना’ को रोल रितिमा चौहानले निर्वाह गर्नु भएको छ । चौहान रामेछाप मन्थलीको स्थानीय कलाकार हुनुहुन्छ । चौहानले “रामेछापको सेरोफेरो” लगायतका गीतहरूमा अभिनय समेत गरी सक्नुभएको छ । उहाँ मोडल अफ रामेछाप सिजन– ५ को विजेता समेत भई सक्नु भएको छ ।
म्युजिक भिडियो तथा स्थानीय कलाकारको रूपमा समेत काम गरी सक्नुभएको रितिमाको ‘मुना’ सिरियलमा रहेको अभिनय जीवन्त देख्न सकिन्छ । रामेछापका स्थानीय कलाकार द्वारा निर्मित नेपाली कथानक टेलिचलिचित्र मुना समाजको एक प्रतिबिम्ब रूपमा हेरिएको छ ।
जेनिश सेन्चुरीको कथा लेखन तथा निर्देशन रहेको सिरियल किङ्स्टार टिभी युट्युब च्यानलबाट प्रत्येक बुधवार साँझ ७ बजे प्रसारण हुनेछ । ‘मुना’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक सेन्चुरीले बताउनुभयो । सो ‘मुना’ सिरियलको निर्माता किङ्स्टार सुमन खड्काले स्थानीय कलाकारलाई उत्पादन गर्ने हेतुले रामेछापमा पनि टेलिसिरियल निमार्ण गरिएको बताउनुभयो । निर्माता खड्काले अहिले सिरियलमा देखिएका पात्र बाहेक बाकी भागमा अन्य कलाकारहरू पनि जोडिने बताउनुभयो । भाग– ३ सम्म कर्ण श्रेष्ठले सिरियलको छायाङ्कन तथा सम्पादन गरेता पनि भाग– ४ बाट विजय अछामीले छायाङ्कन, सम्पादन गर्ने निर्माता खड्काको भनाइ छ ।
उहाँले दर्शकको सुझाव अनुरूप सिरियललाई आउँदा भागहरूमा अझ राम्रो गर्ने दावी गर्नुभएको छ । ‘मुना’ मा रितिमाको अलावा जेनिश सेन्चुरी, समीर मंग्राती, आश्मा माझी, सुमित विश्वकर्मा, दृश्या कार्की, सागर खड्का, राम बस्नेत, जेनिशा माझी, राम बहादुर माझी, ज्ञान बहादुर सुन्दास, जयराम मानन्धर, निर्जला मोक्तान लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मुना’ टेलिसिरियल भाग– ३
नविन योगीको ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक, प्रेम र पीडाको गहिरो कथा प्रस्तुत
११ चैत २०८२, बुधबार रामेछाप— लोकदोहोरी क्षेत्रमा सक्रिय सर्जक नविन योगीको नयाँ प्रस्तुति ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक गरिएको छ । प्रेम,
विन्ध्यवासिनी म्युजिक अवार्डः उषा गजुरेल सर्वोत्कृष्ट गायिका
३० चैत २०८१, आइतबार रामेछाप– विन्ध्यवासिनी म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिकामा उषा गजुरेल घोषित हुनुभएको छ । विन्ध्यवासिनी म्युजिक अवार्डको


प्रतिकृया दिनुहोस