• ON AIR
  • स्टेशन सुभारम्भ

विन्ध्यवासिनी म्युजिक अवार्डः उषा गजुरेल सर्वोत्कृष्ट गायिका 

३० चैत २०८१, आइतबार
रामेछाप– विन्ध्यवासिनी म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिकामा उषा गजुरेल घोषित हुनुभएको छ । विन्ध्यवासिनी म्युजिक अवार्डको पन्ध्रौँ संस्करणले गायिका उषा गजुरेललाई सर्वोत्कृष्ट गायिका घोषित गरेको हो । 
राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा गायिका उषा गजुरेल सहित १७ जनालाई विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जसमध्ये गायिका उषा गजुरेललाई म्युजिक अवार्ड तर्फ गायन सुगम सङ्गीत सर्वोत्कृष्ट गायिका उपाधि “मौसम” गीत बाट हात परेको हो । गायिका उषा गजुरेलले २०७९ मा पहिलो पटक जीनियस म्युजिक अवार्ड जुरी तर्फ उत्कृष्ट नव गायिकाको उपाधि  जित्नु सफल हुनुभएको थियो ।
लामो समय देखी नेपाली गीत सङ्गीतमा बेग्लै पहिचान बनाउन सफल गायिका उषाले लोक गीत, आधुनिक गीत र फिल्मी गीत लगायत सबै खाले गीत गाउने सक्ने प्रतिभाशाली कलाकार हुनुहुन्छ । जस्तो सुकै गीतमा पनि स्वर दिन सक्ने क्षमताकै कारण गजुरेल दर्शकका बिच लोक प्रिय बन्दै जानुभएको छ । 
गजुरेलले स्वर दिएको गीत “श्वास ,मौसम, हजुरकै मायाले, मायाको सम्झन दिन मा लाख्चोटी, कुटुकुटू, यो सोझो पल्कियो, माँडूली, स्वार्थी संसारमा, आमा” जस्ता झण्डै एक दर्जन गीतहरू लोकप्रिय छन् । 

प्रतिकृया दिनुहोस

नविन योगीको ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक, प्रेम र पीडाको गहिरो कथा प्रस्तुत

११ चैत २०८२, बुधबार  रामेछाप— लोकदोहोरी क्षेत्रमा सक्रिय सर्जक नविन योगीको नयाँ प्रस्तुति ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक गरिएको छ । प्रेम,

स्थानीय कलाकारको साथमा सामाजिक कथामा बन्यो ‘मुना’  टेलिसिरियल

१८ फागुन २०८१, आइतबार रामेछाप– रामेछाप जिल्लाको स्थानीय कलाकारको साथमा सामाजिक कथामा ‘मुना’ सिरियल निमार्ण भएको  छ ।  किङ्स्टार कृयशन प्रा.ली