पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
१४ चैत २०८२, शनिवार
रामेछाप– केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको गुण्डुस्थित उनको निवासमा प्रवेश गरी नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अन्तर्गत अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको थियो । प्रहरी स्रोतका अनुसार टोलीले निवासको गेट फोरेर प्रवेश गरेको थियो। ओलीलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि नै गुण्डु क्षेत्रमा खटिएको थियो ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोही घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा पूर्व गृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ अध्याय सुरु
२ वैशाख २०८३, बुधवार रामेछाप– बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा
आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
२ वैशाख २०८३, बुधवार रामेछाप– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा

प्रतिकृया दिनुहोस