दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ अध्याय सुरु
२ वैशाख २०८३, बुधवार
रामेछाप– बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीय तहको सहभागितामा निर्माण सम्पन्न उक्त सङ्ग्रहालय पर्यटन तथा सांस्कृतिक संरक्षणको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशले निर्माण गरेर अलपत्र रहेका कुनै पनि संरचना अव उपभोगमा ल्याउन मन्त्रालय लागि परेको बताउनुभयो । उहाँले दोलखाको यो संग्राहलय सञ्चालनमा ल्याउन सकेका खण्डमा नेपालमा मुद्राका खोज अनुसन्धान कर्ता तथा अवलोकन कर्ताहरूको लागि एक उपयुक्त गन्तव्यका रूपमा विकास हुने समेत बताउनुभयो ।
यस्तै पूर्वाधार हस्तान्तरणमा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले संग्राहलय भोलीका दिनमा पर्यटकको लागि अध्ययन तथा अवलोकनको गन्तव्य हुनेमा आफूहरू विश्वस्त भएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मन्त्री सुरेश श्रेष्ठ, मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी तथा आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईँको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उहाँ हरूले सङ्ग्रहालयले दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान उजागर गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नभयो ।
उक्त सङ्ग्रहालय भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत तथा वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नगर प्रमुख मानन्धरले सङ्ग्रहालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यटन विकासमा उपयोग गरिने बताउनुभयो । कार्यक्रममा वक्ताहरूले नेपालका पुराना मुद्राहरू, ऐतिहासिक सिक्का तथा आर्थिक इतिहासलाई संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको उल्लेख गरेका थिए । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहले सङ्ग्रहालयलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक योजना बनाउने जनाएको छ। साथै, यसलाई दोलखा भ्रमणको प्रमुख आकर्षणका रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । ऐतिहासिक रूपमा आफ्नो अलग्ग पहिचान भएको दोलखालाई नेपालमा नै पहिलो चाँदीको सिक्का निकालिएको स्थानका रूपमा चिनिँदै आएको छ । यस्तो सन्दर्भमा दोलखामा नै मुद्रा संग्राहलय बन्नुलाई दोलखाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
२ वैशाख २०८३, बुधवार रामेछाप– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा
नयाँ आशा र उमङ्गका साथ २०८३ सालको स्वागत
१ वैशाख २०८३, मंगलवार रामेछाप– नववर्षको आगमनसँगै आजदेखि विक्रम संवत् २०८३ औपचारिक रूपमा सुरु भएको छ। वर्षको पहिलो दिन वैशाख १ लाई नेपाली समाजले नयाँ

प्रतिकृया दिनुहोस