माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा
१८ चैत २०८२, बुधवार
रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा आउँदो २९ गते सकिनेछ । परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
कक्षा १२ को पूरक परीक्षा आज र भोलि
७ असोज २०८२, मंगलवार रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा
धन्वन्तरी आयुर्वेद अस्पतालले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने
२८ साउन २०८२, बुधवार रामेछाप– काठमाडौको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल प्रा. लि.ले रामेछापका नागरिकहरुलाई

प्रतिकृया दिनुहोस