सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार
रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने जानकारी दिएको हो । बिदाका दिन अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बन्द हुन्छ । आकस्मिक र अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।
हप्तामा दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बिदाका दिनमा बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा
१८ चैत २०८२, बुधवार रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा
कक्षा १२ को पूरक परीक्षा आज र भोलि
७ असोज २०८२, मंगलवार रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा
धन्वन्तरी आयुर्वेद अस्पतालले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने
२८ साउन २०८२, बुधवार रामेछाप– काठमाडौको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल प्रा. लि.ले रामेछापका नागरिकहरुलाई

प्रतिकृया दिनुहोस