डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२२ चैत २०८२, आइतवार
रामेछाप– सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध रूपमा चयन गरेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकमा अर्याल निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएको हो ।
सभामुख चयनका लागि रास्वपाका सभापति रवि लामिछानेले अर्यालको पक्षमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले समर्थन जनाउनुभएको थियो ।
सभामुख पदका लागि अर्याल एक्ला उम्मेदवार रहनु भएकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले यसअघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–९ बाट विजय हासिल गर्नुभएको थियो । साथै, अर्यालले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
उता, राष्ट्रियसभाको बैठक केहीबेरमै बस्ने तयारी गरिएको छ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ । कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ अध्याय सुरु
२ वैशाख २०८३, बुधवार रामेछाप– बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा
आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
२ वैशाख २०८३, बुधवार रामेछाप– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा

प्रतिकृया दिनुहोस