बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने
२१ असोज २०८३, बुधवार
रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ । जनजागृती सिर्जनशील युवा क्लबको आयोजना तथा एनएस ग्रुपको सहकार्यमा श्री झट्टेश्वर माध्यमिक विद्यालयको प्राङ्गण, धोबीमा आगामी कात्तिक १ गते “बडा दशैं शुभकामना आदान–प्रदान तथा विविध कार्यक्रम” आयोजना गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत स्लो बाइक रेस र घ्याम्पो फोड्ने प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले आयोजकलाई सम्पर्क गरी नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई पुरस्कारस्वरूप भाले प्रदान गरिनेछ । दशैंको अवसरमा स्थानीयस्तरमा मनोरञ्जनात्मक गतिविधिसँगै आपसी भेटघाट तथा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि ९८४४२०२८४९ र ९८५४०४३२६३ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
रामेछाप नगरपालिका-१ का वडाध्यक्ष खत्रीद्वारा राजीनामा
२१ असोज २०८३, बुधबार रामेछाप— रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । नगरपालिकाको
बेरुजु शून्यदेखि पर्यटन प्रवद्र्धनसम्मः सुनापतीमा प्रशासनिक सुधार र विकासको नयाँ अभ्यास
२१ असोज २०८३, बुधवार रामेछाप– सुनापती गाउँपालिकाले आर्थिक सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा सेवा प्रवाहलाई
कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा रामेछापमा एक जनाको मृत्यु
२० असोज २०८३, मंगलवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु

प्रतिकृया दिनुहोस