• ON AIR
  • स्टेशन सुभारम्भ

१३ वर्षीया छात्रामाथि बालयौन दुरुपयोग गरेको आरोपमा रामेछाप बाट शिक्षक पक्राउ

१४ असोज २०८३, बिहीबार
​मन्थली- ​आफैँले पढाउने १३ वर्षीया नाबालिका छात्रामाथि बालयौन दुरुपयोग गरेको गम्भीर आरोपमा प्रहरीले रामेछापबाट एक शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
​झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको गाउँपालिका–५, रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयका ४८ वर्षीय शिक्षक नवराज भण्डारी (उपनाम नवीन) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । ​जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारीअनुसार अभियुक्त भण्डारीले विद्यालयमा अध्ययनरत ती छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाएर अनुचित फाइदा उठाउने प्रयास गर्दै आएका थिए । उनले बालिकालाई ललाइफलाइ गरी शारीरिक रूपमा संवेदनशील अङ्गहरूमा छुने, चिमोट्ने तथा सामाजिक सञ्जाल ‘फेसबुक मेसेन्जर’ मार्फत अश्लील फोटो, भिडियो र सन्देशहरू पठाएर निरन्तर यौनजन्य दुर्व्यवहार गर्ने गरेको उजुरी परेको छ ।
​पीडित बालिकामाथि पटक-पटक बालयौन दुरुपयोग भएको विषय बाहिर आएपछि प्रहरी टोलीले असोज १४ गते अभियुक्त भण्डारीलाई पक्राउ गरेको हो । ​घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल राउतले अपराध अनुसन्धानलाई सूक्ष्म र निष्पक्ष ढंगले अगाडि बढाइएको जानकारी दिनुभयो । "नाबालिका छात्रामाथि भएको अनुचित र गैरकानुनी यौनजन्य क्रियाकलापको उजुरीका आधारमा अभियुक्तलाई नियन्त्रणमा लिइएको हो," प्रहरी निरीक्षक राउतले भन्नुभयो, "सम्मानित रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको छ ।"
​प्रहरीले पीडित बालिकाको गोपनीयता, सुरक्षा तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै उनको वास्तविक नाम, थर र ठेगाना गोप्य राखी 'जिल्ला १८ (सुनापति ११)' नामकरण गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
​गम्भीर प्रकृतिको यस घटनामा आवश्यक प्रमाण सङ्कलन, डिजिटल फोरेंसिक परीक्षण तथा प्रत्यक्षदर्शी र सम्बन्धित पक्षहरूसँग सोधपुछ गर्ने कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने

१६ असोज २०८३, शुक्रवार रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो

उज्यालो नेपालको आधार क्षेत्र रामेछाप होः कुलमान घिसिङ

१६ असोज २०८३, शुक्रवार रामेछाप–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रामेछापलाई पार्टीको आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाबाटै

नियमित महाधिवेशनबाटै अघि बढ्ने देउवा पक्षको अडानः कान्छाराम

१६ असोज २०८३, शुक्रवार रामेछाप– नेपाली कांग्रेस रामेछापका निलम्बित जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको १५औँ महाधिवेशन नियमित

↑