दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने
१६ असोज २०८३, शुक्रवार
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो पालिकास्तरीय ‘दोरम्बा शैलुङ वादो कप–२०८३’ कराँते प्रतियोगिता आयोजना हुने भएको छ । यहि असोज २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता दोरम्बा शैलुङ गाउँपालिका–६, रिस्ठेस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ । प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न डोजोमा प्रशिक्षण लिइरहेका खेलाडीहरूले सहभागिता जनाउँदै विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको मुख्य आयोजक आईडब्लुएफएन कराँते–डो संघ, शाखा डोजो कालिका माध्यमिक विद्यालय रहेको छ। दोरम्बा वादो कराँते–डो (दोरम्बा शैलुङ–५) र आईडब्लुएफएन कराँते–डो संघले सहआयोजनाको जिम्मेवारी लिएका छन् ।
आयोजकका अनुसार प्रतियोगिताको प्रमुख उद्देश्य गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त खेलाडीको पहिचान गर्नु, उनीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नु तथा खेलकुदप्रति युवाको आकर्षण बढाउनु हो । प्रतियोगिताले स्थानीय स्तरमा प्रशिक्षण लिइरहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि खेलाडी तयार पार्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । आईडब्लुएफएन कराँते–डो संघका केन्द्रीय सदस्य, राष्ट्रिय रेफ्री तथा पाँचौँ डान प्रशिक्षक ज्ञानबहादुर थापामगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिकामा विसं २०७४ देखि निरन्तर कराँते प्रशिक्षण तथा खेल गतिविधि सञ्चालन हुँदै आएको छ । यहाँबाट प्रशिक्षण प्राप्त गरेका खेलाडीले पालिकास्तरीय प्रतियोगितादेखि प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितासम्म सहभागिता जनाएर प्रदर्शन गरिसकेका छन् ।
प्रशिक्षक थापामगरले नयाँ खेल प्रतिभाको पहिचान र उनीहरूको सीप विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनका अनुसार कराँते खेलले युवामा अनुशासन, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पु¥याउँछ । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै गाउँपालिकामा खेलकुद गतिविधिलाई थप विस्तार गर्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिता सफल बनाउन आयोजकले खेलप्रेमी, अभिभावक, प्रशिक्षक तथा सर्वसाधारणलाई उपस्थितिका लागि आग्रह गरेको छ । प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै कराँतेप्रति नयाँ पुस्ताको रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
उज्यालो नेपालको आधार क्षेत्र रामेछाप होः कुलमान घिसिङ
१६ असोज २०८३, शुक्रवार रामेछाप– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रामेछापलाई पार्टीको आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाबाटै
नियमित महाधिवेशनबाटै अघि बढ्ने देउवा पक्षको अडानः कान्छाराम
१६ असोज २०८३, शुक्रवार रामेछाप– नेपाली कांग्रेस रामेछापका निलम्बित जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको १५औँ महाधिवेशन नियमित
मतगणना जारी रहँदै रामेछापका काँग्रेस नेता खड्काद्वारा पार्टी परित्यागको घोषणा
१६ असोज २०८३, शुक्रबार रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको

प्रतिकृया दिनुहोस