• ON AIR
  • स्टेशन सुभारम्भ

उज्यालो नेपालको आधार क्षेत्र रामेछाप होः कुलमान घिसिङ

१६ असोज २०८३, शुक्रवार
रामेछाप–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रामेछापलाई पार्टीको आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाबाटै देशको आर्थिक तथा सामाजिक रूपान्तरणको अभियान अघि बढाउने बताउनुभएको छ । शुक्रबार रामेछापको मन्थलीमा आयोजित पार्टीको विस्तारित बैठक, भेला तथा संगठन पुनर्गठन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले रामेछापवासीको साथ र सहयोगले पार्टीप्रतिको आफ्नो विश्वास थप बलियो बनेको बताउनुभयो ।
उहाँले रामेछापका नागरिकले पार्टीप्रति देखाएको समर्थनप्रति आभार व्यक्त गर्दै जिल्लालाई उज्यालो बनाउन नसके देशको परिवर्तनमा पार्टीको प्रभावकारी भूमिका स्थापित गर्न कठिन हुने धारणा राख्नुभयो । “उज्यालो नेपाल पार्टीको आधार क्षेत्र भनेको रामेछाप हो । त्यसमा पनि सुनापती गाउँपालिका, म जन्मेको गाउँपालिका हो,” उहाँले भन्नुभयो, “यो जिल्लालाई उज्यालोमय बनाउन सकेनौँ भने देशको परिवर्तन, आर्थिक रूपान्तरण र सामाजिक रूपान्तरणका लागि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन ।”
अध्यक्ष घिसिङले रामेछापका नागरिकको उपस्थितिले पार्टीको नेतृत्व र समग्र संगठनप्रतिको विश्वास बढेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्ने, देशलाई समृद्ध बनाउने तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्ने लक्ष्यसहित आफू राजनीतिमा सक्रिय भएको बताउनुभयो । कार्यक्रममा उहाँले रामेछापका सञ्चारकर्मी, बुद्धिजीवी, प्रबुद्ध वर्ग तथा विभिन्न अभियानमा संलग्न व्यक्तिहरूलाई पार्टीको अभियानमा सहभागी हुन आह्वानसमेत गर्नुभयो । विगतमा विभिन्न राजनीतिक दलमा आबद्ध भएर काम गरेका नागरिकलाई अब जिल्लाको विकास र देशको परिवर्तनका लागि उज्यालो नेपाल पार्टीसँग जोडिन उहाँले आग्रह गर्नुभयो । 
“रामेछाप जिल्लालाई आधार क्षेत्र बनाएर हामी देशलाई समृद्ध बनाउने अभियानमा अघि बढिरहेका छौँ,” घिसिङले भन्नुभयो, “यसका लागि यहाँहरूको साथ र सहयोग आवश्यक छ ।” उहाँले पार्टीको उद्देश्य पूरा गर्न स्थानीय नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै रामेछापवासीलाई संगठन विस्तार र पुनर्गठन अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्थलीमा सम्पन्न विस्तारित बैठक तथा संगठन पुनर्गठन कार्यक्रममार्फत पार्टीले जिल्लामा आफ्नो संगठनलाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने विषयमा जोड दिएको छ । 

 

प्रतिकृया दिनुहोस

दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने

१६ असोज २०८३, शुक्रवार रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो

नियमित महाधिवेशनबाटै अघि बढ्ने देउवा पक्षको अडानः कान्छाराम

१६ असोज २०८३, शुक्रवार रामेछाप– नेपाली कांग्रेस रामेछापका निलम्बित जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको १५औँ महाधिवेशन नियमित

मतगणना जारी रहँदै रामेछापका काँग्रेस नेता खड्काद्वारा पार्टी परित्यागको घोषणा

१६ असोज २०८३, शुक्रबार रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको

↑