• ON AIR
  • स्टेशन सुभारम्भ

नियमित महाधिवेशनबाटै अघि बढ्ने देउवा पक्षको अडानः कान्छाराम

१६ असोज २०८३, शुक्रवार
रामेछाप– नेपाली कांग्रेस रामेछापका निलम्बित जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको १५औँ महाधिवेशन नियमित प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताएका छन् । शेरबहादुर देउवा पक्षमा रहेका तामाङले नियमित महाधिवेशनबाट नेतृत्व चयन गर्ने आफ्नो समूहको धारणा रहेको बताउँदै गगनकुमार थापा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै तामाङले पार्टीभित्र नेतृत्व परिवर्तन र युवा सहभागिताको विषयमा दोहोरो मापदण्ड अपनाइएको आरोप लताउनुभयो । उहाँका अनुसार केही समयअघि भृकुटीमण्डपमा आयोजित कार्यक्रममा युवा नेतृत्वको माग गर्दै सक्रिय भएका नेताहरू अहिले फेरि पुरानै पुस्ताका नेताहरूलाई समेटेर समूह बनाई निर्वाचनमा सहभागी भएका छन् ।
उहाँले युवा नेतृत्वको पक्षमा उभिने नेताहरूले ५० वर्षमुनिका युवालाई संगठित गरी नेतृत्वका लागि अघि सार्नुपर्ने धारणा राख्नुभयो । शेरबहादुर देउवालाई उमेरका आधारमा नेतृत्वबाट हटाउनुपर्ने आवाज उठाउनेहरूले अन्य नेताहरूको हकमा पनि त्यही मापदण्ड लागू गर्नुपर्ने उहाँको तर्क थियो । विशेष महाधिवेशनका क्रममा भएको निर्वाचन तथा मतपरिणामको प्रमाणीकरण प्रक्रियामाथि पनि प्रश्न उठाउनुभयो । उहाँले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता, मतपरिणामको आधिकारिकता र जिल्ला सभापतिहरूको भूमिकाबारे स्पष्टता आवश्यक रहेको बताउनुभयो ।
रामेछापबाट १४ जना प्रतिनिधि भृकुटीमण्डप गएको उल्लेख गर्दै उहाँले उनीहरूको सहभागिता र त्यससँग सम्बन्धित निर्णयको प्रमाणीकरण कसले गर्ने भन्ने प्रश्न उठाउनुभयो । आफूले प्राप्त मत तथा अन्य उम्मेदवारको मतपरिणामको आधिकारिकता पुष्टि गर्ने प्रक्रियाबारे पनि उनले चासो व्यक्त गर्नुभयो । तामाङले नियमित महाधिवेशनबाट पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने र आफ्नो समूह त्यसै प्रक्रियामा सहभागी हुने स्पष्ट पार्नु भयो । अर्कोतर्फ, गगन कुमार थापा पक्षले विशेष महाधिवेशनमार्फत अघि बढ्ने प्रक्रिया अगाडि बढाइरहेको उहाँको भनाइ थियो । कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको प्रक्रियालाई लिएर देखिएको मतभेदका बीच तामाङको अभिव्यक्ति आएको हो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो समूह नियमित महाधिवेशनको पक्षमा दृढ रहेको दोहो¥या्उनु भएको छ ।

 

प्रतिकृया दिनुहोस

दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने

१६ असोज २०८३, शुक्रवार रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो

उज्यालो नेपालको आधार क्षेत्र रामेछाप होः कुलमान घिसिङ

१६ असोज २०८३, शुक्रवार रामेछाप–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रामेछापलाई पार्टीको आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाबाटै

मतगणना जारी रहँदै रामेछापका काँग्रेस नेता खड्काद्वारा पार्टी परित्यागको घोषणा

१६ असोज २०८३, शुक्रबार रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको

↑