पुनः थपियो एसइई २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद
१२ जेठ २०८२, सोमवार
रामेछाप– माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानो ठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो । तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधन स्वरूप उक्त म्यादलाई जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ ।
यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम सङ्कलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नु पर्नेछ । यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा
१८ चैत २०८२, बुधवार रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा
कक्षा १२ को पूरक परीक्षा आज र भोलि
७ असोज २०८२, मंगलवार रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा

प्रतिकृया दिनुहोस